नेको इन्स्योरेन्सका कर्मचारीले गरे मजदुर तथा बालबालिकालाई सहयोग

काठमाडौं– नेको इन्स्योरेन्स काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले रकम संकलन गरी लकडाउनका कारण समस्यामा रहेका परिवारलाई सहयोग गरेका छन् ।
हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थाले गरेको अनुरोधलाई मध्यनजर गर्दै बालआश्रमका ९२ जना तथा १०६ परिवार मजदुरका ४२० जना गरी करिब ५१५ जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, चाउचाउ) सहया ेग प्रदान गरिएको छ ।
केही दिन अघि पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह