शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुरोट सेवन गर्नेहरुमा अत्यधिक ढाड दुख्ने समस्या

सोमबार, ०८ वैशाख २०७७, १२ : ०१
सोमबार, ०८ वैशाख २०७७

एजेन्सी : आजभोलि मानिसहरुमा ढाड तथा कम्मरको दुखाई सामान्य जस्तै भइसकेको छ । व्यस्त जीवनशैली, व्यायामको कमि, कुर्चीमा गलत पोजिसशनमा बसेर गरिने कामहरु र विभिन्न नसाको लतका कारण मानिसहरुको ढाड दुख्ने समस्या बढेको चिकित्सकहरु बताउँछन्  ।

यसैगरी, चुरोट सेवनले अत्यधिक ढाड दुखाई हुने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययनले धुम्रपान गर्नेहरुको ढाड दुख्ने समस्या अधिक हुने देखाएको हो ।

यदि कोहि व्यक्ति धुम्रपान गर्छ भने उक्त व्यक्तिमा ढाड दुख्ने खतरा धेरै हुन्छ । आजभोलि धेरै मानिसहरुमा धुम्रपानको लत हुन्छ । चुरोटको प्याकेट बाहिर नै ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ लेखिएको हुन्छ । भने धुम्रपान क्यान्सरको प्रमुख कारण पनि हो । 

एक अध्ययनका अनुसार जो व्यक्ति धुम्रपान गर्छ उसमा ढाडको दुखाई १२ हप्तासम्म रहन्छ । नर्थ वेस्र्टन युनिभर्सिटी अफ फेनबर्ग मेििडकल स्कुलले गरेको अध्ययनमा धुम्रपान गर्ने व्यक्तिमा ढाडको दुखाई अन्य व्यक्तिमा भन्दा तीन गुणा बढी हुन्छ । 

उक्त अध्ययनका क्रममा ३५ जना स्वस्थ व्यक्ति र ३२ जना ढाड दुख्ने समस्या भएका व्यक्तिमा गरिएको अध्ययनले र ती व्यक्तिहरुमा गरिएको एम.आर.आई परीक्षणमा सामान्य व्यक्तिमा भन्दा धुम्रपान गर्नेहरुमा अत्यधिक ढाड दुख्ने गरेको पाइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप