अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
सोमबार, ०८ वैशाख २०७७, ११ : ३४

कैलाली – कैलालीमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोहन्याल गाउँपालिका वडा नं ३ फल्ले विसौनीका चन्द्र राज गिरीको घरमा सो अवैध बन्दुक फेला परेको हो ।
अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक अनिस भण्डारीको टोलीले खान तलासी गर्दा सो वन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त एंव प्रहरी नायब उपरीषक दक्ष कुमार बस्नेतले रातोपाटी लाई जानकारी दिए ।
गिरीकै घरबाट ३६.९ क्यु .फि सालको अवैध काठ पनि बरामत गरिएको उनले बताए ।
४५ बर्षिया धनसरा गिरीलाई नियन्त्रणमा लिएको र अर्का चन्द्रराज गिरी फरार भएको उनले बताए । अहिले उनको खोजी कार्य र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक