मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशः २ हजार ५७८ को स्वाब संकलन, ५ जनामा कोरोना पोजेटिभ

सोमबार, ०८ वैशाख २०७७, ११ : १६
सोमबार, ०८ वैशाख २०७७

कैलाली – सुसुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ हजार ५ सय ७८ जनाको ब्लड स्वाब संकलन गरिएकोमा ५ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । 

यसैगरी, २ हजार ५ सय १ जनाको नेगेटिभ रिपोर्ट आएको छ । 

सुसुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले धनगढीमा कोरोना भाइरसको मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो । 

पाजेटिभ रिपोर्ट आएका ५ जनामध्ये एक जना निको भएर घर गइसेकेका र बाँकी ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ । 

यसैगरी, कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुसुदूरपश्चिम प्रदेशले  चैेत्र महिना अवधिभर भारतबाट आएका नेपालीको आरडीटीद्धारा चेकजाँच गर्ने पनि मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले चैत महिना अवधिभर भारतवाट आएका नेपालीको डाटा संकलन गरी चेकजाँच  सुरु गरिने जानकारी दिएको छ । 

उनीहरुको विवरण संकलनमा सहयोग गर्न स्थानीय निकायलाई जिम्मा दिएको छ । अझै सुसुदूरपश्चिम प्रदेशमा १ हजार एक सय ९६ आरडिटी किट स्टक रहेको  स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस प्रदेशको ९  वटै जिल्लामा आरडिटीवाट चेकजाच शुरु भइरहेको र ५ हजार ५ सय ७९ जनाको चेकजाँच गर्दा ५ हजार ५ सय ७७ जनाको रिपोट नेगेटिभ आएको डा. भुषण मिश्रले बताए । जसमध्ये १ जनामा आरडीटी गर्दा पोजेटिभ र पिसिआर गर्दा नेगेटिभ आएको समेत उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप