आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको समयमा यस्तो रह्यो गत हप्ता (फोटोफिचर)

सोमबार, ०८ वैशाख २०७७, ११ : ०६
सोमबार, ०८ वैशाख २०७७

कोरोनाभाइरसले यतिबेला संसार नै प्रभावित छ । यतिबेला गत हप्ता के कस्ता घटना घटित भए त्यसलाई बीबीसीले तस्बिरमार्फत् देखाउन खोजेको छ ।

यो तस्बिर इन्डोनेशियाको आचे प्रान्तको बिरीन शहरको हो । कोरोनाभाइर िसंक्रमणबाट बच्नका लागि नर्सले प्रोटेक्टिभ इक्विपमेन्ट त लगाएकी छिन् साथै नवजात शिशुको पनि अनुहार सिसाले ढाकिएको छ । बर्ल्डोमिटरर्सका अनुसार अहिलेसम्म यहाँ ६ हजार पाँच सय बढी संक्रमित भेटिएका छन् जसमध्ये ५ सयको ८२ को मृत्यु भइसकेको छ ।

पेरिसमा मानिसहरुले स्वास्थ्यकर्मीको प्रशंसा गर्दै

क्यालिफोर्नियाको स्यान डियागोमा आफ्नो बालकोनीबाटै लकडाउनको क्रममा मानिसहरुलाई मनोरञ्जन प्रदान गर्दै नोएल ब्रेन्डन । उनलाई डिजे लामनोएल पनि भनिन्छ ।

चेर्नोबिल परमाणु संयन्त्र जहाँ सन् १९८६  मा संसारको सबैभन्दा ठूलो परमाणु दुर्घटना भएको थियो, त्यहाँभन्दा केही किलोमिटर पर एउटा जंगलमा आगो लागेको थियो । गत मंगलबार अधिकारीले आगोमाथि नियन्त्रण पाइसकेको जानकारी दिए ।

कोरोनाभाइरसको विषयमा हरेक दिन हुने पत्रकार सम्मेलनपछि ह्वाइट हाउसकी एक कर्मचारी पोडियम सफा गर्दै

अनिसा मेकराबेक आफैंले बनाएको मास्क प्रयोग गर्छिन् । फ्रान्सको टोलूजमा बस्ने मेकराबेकले पारदर्शी मास्क बनाउनका लागि क्राउड फन्डिङ सुरु गरेकी छिन् ताकि यस्तो मास्कबाट ओठलाई पढ्न सकियोस् ।

चीनको ऊहान शरहमा ब्यारिकेडमाथि चढेका यी व्यक्तिले मास्क लगाएका छन् । यो ब्यारिकेड एक विलासी इलाकालाई घेर्नेका लागि लगाइएको हो ।

इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको बांडंगुमा रेलको लिकको किनारामा व्यायाम गर्दा सामाजिक दुरी अपनाइरहेका मानिसहरु

पेरिसमा प्रोटेक्टिभ मास्क लगाएर पसलमा समाना किनेर निस्किरहेकी एक महिला

क्याम्ब्रिजशायरको नेशनल ट्रस्ट विकेन फेन नेचर रिजर्भमा एकअर्कासँग लडिरहेका जनावर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप