रौतहटमा एक युवकको कुटी–कुटी हत्या
![रौतहटमा एक युवकको कुटी–कुटी हत्या](https://rpcdn.ratopati.com/media/albums/murder_9TLZy9qE7Y.jpg)
रौतहट – रौतहटको कटहरिया नगरपालिका – १ भसेढवामा एकजना युवकको कुटी–कुटी हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आइतबार राति कटहरिया १ भसेढवाका रामएकवाल यादवको २५ वर्षीय छोरा संजिव यादवलाई केही स्थानीयले कुटी–कुटी हत्या गरेका हुन् ।
भसेढवाटोलमा घर भएका संविज यादव एकजना अन्य साथीका साथ गएराती ९ः१० बजेको घरभन्दा करिब १ किलोमिटर टाढा खोर भन्ने टोलमा गएका थिए ।
सोही ठाँउका संजिव यादवका एकजना साथीले केही कामको सल्लाह छ भनी सो ठाँउबाट करीव २ सय मिटर टाढा लालबकैया नदी किनारमा लगेका थिए ।
पूर्व योजनाअनुसार उक्त स्थानमा पुुग्नासाथ पहिलेदेखी त्यहाँ रहेका ५/७ जनाको समूहले संजिव यादवलगायत दुबैजना माथि बाँसको लाठीले आक्रमण सुरु गरेका थिए ।
संजिवका अर्का साथी त्यहाँबाट भाग्न सफल भएका थिए । तर, लुकेर बसेका समूहले संजिव यादव माथी संघातिक हमला गरी पटक पटक बाँसको लठीले टाउको खुटा,हाथमा प्रहार गरी खेतमा फालेर भागेका थिए ।
घटनास्थलबाट भागेका संजिवका साथीले गाउँलाई गुहार मागेर संजिव यादवलाई उपचारका लागि एम्बुलेन्सबाट तत्कालै बिरगंज पठाएकोमा उनको उपचारको क्रममा रातिनै मृत्युु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेका प्रहरीले घटनामा संलग्न रहेको आरोपमा खोरटोलका मोहन दाशका छोरा २२ बर्षिय राधेश्याम दाशलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।
आरोपीका घरका पुुरुष मानिस सबै फरार रहेको र घटनामा संलग्न अन्यको खोजी तथा अनसन्धान भइरहेको घटनास्थल पुगेका डिएसपी महतोले जानकारी दिएका छन् ।