युएईमा कोरोना संक्रमित नेपाली : दूतावास भन्छ ११ जना, एनआरएन भन्छ ७१ !

युएईमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित नेपालीको तथ्याङ्क बाझिएको छ । नेपाली दूतावास युएई र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संक्रमित नेपालीहरु बारे फरक फरक तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
युएईस्थित नेपाली दूतावासले हालसम्म युएईमा ११ जना नेपाली कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ। संक्रमितमध्ये २ जना निको भइसकेको दूतावासको भनाइ छ। यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोरोनाभाइरस उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले युएईमा ७१ जना नेपाली कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरिसकेको छ भने २ जना नेपालीले कोरोनाका कारण युएईमा ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
डा. सञ्जीव सापकोटाको संयोजकत्वमा गठित स्वास्थ्य समितिले नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना नेपालीहरु कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोइरालाले युएईमा ७१ जना नेपाली कोरोना पोजेटिभ देखिएको रातोपाटीलाई बताए। उनले नेपाली क्युएफ्युले सार्वजनिक गरेको हेल्पलाइन नम्बर र एनआरएनको सम्पर्कमा आएका पीडितहरुको आधारमा तथ्याङ्क सार्वजनिक गरेको बताए । कोइरालाका अनुसार कोरोनाका कारण दुबईमा एक महिला र सारजाहमा एक पुरुष गरी दुई जनाको ज्यान गएको हो। सङ्क्रमितमध्य २० जना युएईका विभिन्न अस्पतालमा उपचारत भैरहेको र अन्य सङ्क्रमितहरु कम्पनीको कोठामा, कोही सेल्फ आइसोलेसननमा बसेका रातोपाटीलाई बताए।
यता, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईको स्थानीय निकायले दूतावासलाई दिएको तथ्यांक अनुसार अहिलेसम्म ११ जना नेपालीमा मात्र कोरोनाभाइरसको संक्रमण देखिएको जसमा २ जना नेपालीले उपचार पछि निको भएका बताए। उनले बाँकी ९ जना सामान्य अवस्थामा उपचाररत रहेको बताएका छन् । राजदूत ढकालले युएईको सम्बन्धित निकायले कुनै पनि जानकारी दिँदा दूतावासलाई नै दिने भएको हुँदा अन्य संघसस्थाको भन्दा दूतावासको आधिकारिक तथ्याङ्कलाई मान्न र बुझ्न सबैलाई अनुरोध समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो