आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणसम्बन्धि पछिल्लो २४ घण्टाका ठूला अपडेट्स

सोमबार, ०८ वैशाख २०७७, ०८ : १४
सोमबार, ०८ वैशाख २०७७

कोरोनाः संसारभरी १ लाख ६५ हजारभन्दा बढीको मृत्यु

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरस संक्रमणका कारण भएको मृत्युको आँकडा १ लाख ६५ हजार ५८ पुगेको छ । यसका साथै कूल संक्रमतिको संख्या २४ लाख ६ हजार ९ सय ५ रहेको छ । साथै, कूल ६ लाख १७ हजार १३ जना निको भएर घर फर्किसकेका छन् ।

टर्कीमा २ हजार बढीको मृत्यु

टर्कीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या हालसम्म २ हजार नाघेको छ । हालै, १ सय २७ जनाको मृत्यु भएपछि त्यहाँ मृत्युको आधिकारिक आँकडा २ हजार १७ पुगेको छ । टर्कीमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ हजार ९ सय ७७ नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमणको कूल संख्या ८६ हजार ३ सय ६ पुगेको छ ।

पोल्याण्डः बढ्दो संक्रमण

पोल्याण्डमा आइतबार कोरोनाका ५ सय ४५ नयाँ संक्रमित भेटिए । यसको ठिक अघिल्लो दिन यहाँ केही प्रतिबन्ध फुकुवा गरेको घोषणा भएको थियो । पोल्याण्डमा हालसम्म ९ हजार २ सय ८७ संक्रमित भेटिएका छन् जसमध्ये ३ सय ६० जनाले ज्यान गुमाइसकेका छन् ।

एक–अर्काको मद्दत गर्नेछन् अमेरिका–टर्की

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रेचेप तेयय्प अर्दोआनले अन्तर्राष्ट्रिय महामारीको यो समयमा आपसी सहयोगको प्रतिबद्धता जनाएका छन् । यी दुईले टेलिफोन संवादमा आफ्नो देशको स्वास्थ्य प्रणाली र अर्थव्यवस्थाको रक्षाका लागि आपसी र निकट सहयोग जारी राख्नेबारे कुराकानी गरेका छन् ।

फ्रान्सद्वारा फेस मास्कको उत्पादनमा दोब्बर वृद्धि

फ्रान्सले फेस मास्कको उत्पादनमा दोब्बर वृद्धि गरेको छ । यहाँ अब हरेक हप्ता ८० लाख मास्क बनाइनेछन् । यसका साथै स्वास्थ्यकर्मी र फ्रन्टलाइन कार्यकार्ताका लागि मास्क अनिवार्य लागू गरिएका छ । फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिपले मास्कको संख्या अहिले पनि पर्याप्त छैन । उनले मानिसहरुलाई धैर्यधारणका लागि अपिलसमेत गरेका छन् ।

आफ्ना नागरिकलाई न्यूजिल्याण्डबाट फिर्ता ल्याउनेछ बेलायती सरकार

बेलायती सरकारले यो हप्ता न्यूजिल्याण्डमा फसेका आफ्ना नागरिकलाई फिर्ता गर्न चार्टर्ड विमान पठाउने भएको छ । सबैभन्दा पहिला संक्रमणको खतरा धेरै भएकाहरुले फिर्ता गरिने बताइएको छ । यो चार्टर्ड विमानमा १५ सय बढी बेलायती नागरिक फिर्ता हुनेछन् ।

अमेरिकाः गभर्नर र ट्रम्पबीच तनाव

अमेरिकी राज्यका गभर्नरले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि भ्रामक र खतरनाक बयान दिएको आरोप लगाएका छन् । अमेरिकामा परीक्षण र आइसोलेशनलाई कम गर्ने दबाबको विषयमा राज्यका प्रतिनिधी र राष्ट्रपतिबीच तनाव चलिरहेको छ ।

ट्युनिशियाले बढायो लकडाउन

ट्युनिशियामा लकडाउन मे ४ सम्मका लागि बढाइएको छ । यद्यपि, मे ४ पछि आर्थिक गतिविधी क्रमशः सुरु गरिने आशा गरिएको छ ।

इजराइलमा नेतन्याहूविरुद्ध प्रदर्शनः

इजराइलमा मानिसहरुले प्रधानमन्त्री बिन्यामिन नेतन्याहूविरुद्ध प्रदर्शन गरेका छन् । रोचक कुरा के छ भने प्रदर्शनमा सामाजिक दुरीको नियम पालना गरिएको छ । प्रदर्शनकारीले बेनी गन्ट्ज पार्टीसँग नेतन्याहूको नेतृत्व भएको गठबन्धनमा समावेश नहुन माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप