शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा प्रहरी बर्दीधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १३ को मृत्यु

सोमबार, ०८ वैशाख २०७७, ०७ : ४८
सोमबार, ०८ वैशाख २०७७

क्यानडामा प्रहरीको पोसाक लगाएका एक व्यक्तिद्वारा नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको क्यानडाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।

१२ घण्टासम्म चलेको उक्त बितन्डा आक्रमणकारी कारमा फरार भएपछि समाप्त भएको थियो । आक्रमणकारीको पनि मृत्यु भएको बताएका छन् । यद्यपि, उनको मृत्यु कसरी भयो भन्नेबारे उल्लेख गरिएको छैन ।

नोभा स्कोटिया ग्रामीण शहरमा बन्दुकधारी शनिकार राती घुसेको भन्ने सूचना पाएपछि प्रहरीले त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको थियो ।

बन्दुकधारीले प्रहरीले प्रयोग गर्ने कारमा सवार भएर नोभा स्कोटियाका विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको बीबीसीले बताएको छ । तसर्थ मृतकको अन्तिम संख्या अझैसम्म प्राप्त नभएको प्रहरीले बताएको छ ।

आक्रमणकारीको पहिचान ५१ वर्षीय ग्याबरिएल बोर्टम्यानको रुपमा भएको छ । आइतबार उनलाई हिरासतमा लिइएको रोयल क्यानडियन माउन्टेन प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उक्त व्यक्तिले प्रहरीको पोशाक लगाएको र प्रहरीको सवारी साधन प्रयोग गरेको जनाएका छन् । तर उक्त व्यक्ति आरसीएमपी (रोयल क्यानाडिएन माउन्टेड प्रहरी) द्वारा भर्ना गरिएको हैन भनी प्रहरीले जानकारी दिएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोलेयो घटनालाई भयानक त्रासदी बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप