शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीमा एकअर्काप्रति समर्थन जनाउन फेसबुकले ‘केयर रियाक्सन’ ल्याउँदै

आइतबार, ०७ वैशाख २०७७, १३ : १५
आइतबार, ०७ वैशाख २०७७

फेसबुकले केयर रियाक्सन थपेर आफ्नो लाइक रियाक्सनलाई विस्तार गर्दैछ । महामारीको एकआपसमा समर्थन देखाउनका लागि मानिसहरुलाई सहयोग गर्न यस्तो रियाक्सन वृद्धि गरिने फेसबुकले जनाएको छ । 

मानिसको अनुहारले हृदयलाई अंकमाल गरिरहेको यस रियाक्सनले मानिसलाई आफना आफन्त, साथीभाईमाझ महामारीको समय थप नजिक महसुस गराउने फेसबुकको आशा रहेको समाचारमा जनाइएको छ । 
फेसबुकले आफ्नो एप र वेबसाइटमा आगामी सातासम्म यो रियाक्सन विश्वव्यापी लन्च गर्ने तयारी गरेको छ । अन्य लाइक बटनसँगै यो उपलब्ध हुनेछ । 

त्यस्तै म्यासेन्जरमा फरक खाले केयर रियाक्सन आउनेछ, जहाँ हृदयको ढुकढुकी चलिरहेको हुनेछ । म्यासेन्जरमा नन एनिमेडेट हर्ट रियाक्सन पहिलेदेखि नै उपलब्ध छ ।

फेसबुकले अहिले सामना गरिरहेका ठूला चुनौती सामु यी नयाँ फिचर निकै साना हुन् । प्रयोगकर्ताहरुले विभिन्न अफवाह र गलत सन्देश फैलाइरहेको भन्दै यस सामाजिक सञ्जालको आलोचना भइरहेको छ । 

यसलाई चिर्नका लागि फेसबुकले कोरोनाबारेका गलत समाचारमा इन्गेज हुने (लाईक, कमेन्ट वा शेयर ) गर्ने आफ्ना प्रयोगकर्तालाई ‘एन्टी– मिसइन्फर्मेसन म्यासेज’ पठाएर सचेत गराइने घोषणा समेत गरिसकेको छ । 
महामारीको समय मानिसहरु घरभित्रै बस्ने र सामाजिक दूरी कायम गर्ने अभ्यासमा लागेकाले फेसबुकको प्रयोग विश्वभर बढेको छ । प्रयोग बढ्नुका बाबजुद डिजिटल विज्ञापनमा खर्च कम हुँदाको नकारात्मक असर परेको जानकारी मार्चको अन्त्यमा फेसबुकले दिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप