बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आईलिग रद्द, मोहन बगान च्याम्पियन

आइतबार, ०७ वैशाख २०७७, १२ : ११
आइतबार, ०७ वैशाख २०७७

एजेन्सी । कोरोनाको महामारी फैलिएपछि भारतको आई लिग फुटबल रद्द गरिने भएको छ । लिग कमिटीले भारतीय फुटबलल महासंघलाई पत्र खेल्दै लिग रद्द गर्ने निर्णय गरेको हो । लिग कमिटीको शनिबार बसेको बैठकले शीर्षस्थानमा रहेको मोहन बगान क्लबलाई च्याम्पियन घोषणाको लागि सिफारिस पनि गरेको छ । यस निर्णयले मोहन बगान चारखेल अगाडीनै विजेता बनेको छ ।

लिगमा १६ खेल सकिँदा मोहन बगानको ३९ अंक थियो । दोस्रो स्थानमा रहेको इस्ट बंगाल र मिनरवा पन्जावको समान २३ अंक थियो । लिग कमिटिले यसपटक कुनै टिमलाई रेलिगेसनमा नझार्ने सिफारिस पनि गरेको छ । यसअघि मार्च १४ तारिखसम्म लिग स्थगित गरिएको थियो । भारतमा लकडाउन मे ३ तारिखसम्म लम्ब्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप