शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबीआई बैंकद्वारा कोरोना कोषमा १ करोड योगदान

आइतबार, ०७ वैशाख २०७७, १२ : १६
आइतबार, ०७ वैशाख २०७७

काठमाडौं– नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ । 

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्य मन्त्री लालबावु राउत, वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५÷५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । 

बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख अविलम्ब उपलब्ध गराउने बैंकले जनाएको छ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप