कोरोनाभाइरसको संक्रमणपछि ठिक हुन कति समय लाग्छ ?
कोभिड–१९ को महामारी सन् २०१९ को अन्त्यमा सुरु भएको भएपनि केही बिरामीलाई पूर्ण रुपमा ठिक हुन लामो समय लाग्ने कुराको संकेत पाइएको छ ।
सुरुमा तपाईंमा कतिसम्मको संक्रमण देखिएको थियो, यो कुरामा तपाईं कति चाँडो निको हुने भन्ने कुराको निर्भर हुन्छ ।
कोही व्यक्ति छिट्टै संक्रमणबाट उम्कने पनि हुनसक्छन् भने कतिले यसबाट पार पाउन लामो समयसम्म संघर्ष गर्नुपर्ने हुन्छ ।
उमेर, लिङ्ग र अन्य स्वास्थ्य समस्यालगायतका कुराले पनि कुनै व्यक्तिलाई कोभिड–१९ ले गम्भीर रुपमा अक्रान्त पार्ने सम्भावना बढी हुन्छ ।
कोरोना संक्रमणको उपचारमा तपाईंको शरीरसँग जे जति उपायको प्रयोग गरिनेछन् र यो जति दिनसम्म चल्नेछ, तपाईं ठिक हुन पनि त्यति नै समय लाग्नेछ ।
मलाई सामान्य लक्षण देखिएको छ भने के होला ?
कोरोनाभाइरसद्वारा संक्रमित हुने धेरैजसो व्यक्तिलाई खोकी र ज्वरोजस्ता प्रमुख लक्षण देखिन्छन् ।
तर उनीहरुलाई जीउ दुख्ने, घाँटीमा समस्या र टाउको दुख्नेलगायतका समस्या पनि हुनसक्छ ।
सुरुमा कतिलाई सुख्खा खोकी लाग्छ तर कतिलाई खोकीसँगै खकार पनि आउँछ जसमा कोरोनाभाइरसका कारण मारिएका फोक्सोका ‘डेड सेल्स’ (मृत कोशिका) हुन्छन् ।
यी लक्षण देखिँदा उपचारको रुपमा आराम गर्ने सल्लाह दिइन्छ । पीडा कम गर्न पारासिटामोल र पर्याप्त मात्रामा पानी पिउन सल्लाह दिइन्छ ।
हल्का लक्षण देखिनेहरु चाँडै नै निको हुने आशा गरिन्छ । ज्वरो आउन एक हप्ताभित्र कम हुनुपर्छ । यद्यपि, खोकी निको हुन सामान्यभन्दा कम समय लाग्नसक्छ ।
चीनबाट पाइएको आँकडामा विश्व स्वास्थ्य संगठनले गरेको विश्लेषणको अनुसार संक्रमणपछि कुनै व्यक्ति ठिक हुन औसतमा दुई हप्ताको समय लाग्छ ।
यदि लक्षण गम्भीर देखिए, मलाई के होला ?
यो रोगले केही व्यक्तिमा गम्भीर स्थिती पैदा गर्नसक्छ । संक्रमण भएको सातदेखि दस दिनभित्र नै यसको अन्दाज लगाउन सकिन्छ ।
स्थास्थ्य स्थिती तीब्र रुपमा बिग्रन सक्छ । फोक्सो पोल्नुका साथै सास फेर्न समस्या हुनेलगायतका समस्या देखिनसक्छ ।
यस्तो यसकारण हुन्छ किनभने शरीरको प्रतिरोधी प्रणाली संक्रमणविरुद्ध लड्ने कोसिस गरिरहेको हुन्छ ।
वास्तवमा, रोग प्रतिरोधी प्रणालीले कोरोनाभाइरसविरुद्ध कडा प्रतिक्रिया जनाउँछ र यसले हाम्रो शरीरलाई पनि केही क्षती पुर्याएको हुन्छ ।
केही व्यक्तिलाई अक्सिजन थेरापीका लागि अस्पतालमा भर्ना नै गर्नुपर्छ ।
बेलायती डाक्टर सारा जार्विस भन्छिन्, ‘सासको समस्यामा सुधार आउन थोरै समय लाग्न सक्छ । यता शरीर भने पोल्ने र उकुसमुकुस हुनेलगायतका समस्याबाट बिस्तारै निस्कन थाल्छ ।’
साराका अनुसार यस्ता बिरामी ठिक हुन दुईदेखि आठ हप्ताको समय लाग्न सक्छ । यद्यपि, उनीहरुले थप केही समयका लागि कमजोर महसुस गर्नसक्छन् ।
त्यसो भए मलाई गम्भीर लक्षण देखिएको छ र मलाई आइसीयूमा राख्न आवश्यकता भए ?
विश्व स्वास्थ्य संगठनका अनुसार २० व्यक्तिमध्ये कुनै एक व्यक्तिलाई मात्रै आइसीयूमा राख्न आवश्यक छ । यसमा भेन्टिलेटरमा राख्नुपर्ने पनि सामेल गर्न सकिनेछ ।
यदि कोही व्यक्तिलाई आईसीयूमा भर्ना गरिएको छ भने निश्चित रुपमा ती बिरामीलाई निको हुन त समय लाग्छ नै, चाहे जुनसुकै रोग लागेको होस् । आइसीयूपति ती व्यक्तिलाई जनरल वार्डमा सिफ्ट गरिन्छ । त्यसपछि स्थिती सुधार भएपछि मात्रै घर जाने अनुमती दिइन्छ ।
फ्याकल्टी अफ इन्टेन्सिव केयर मेडिसिनका डीन डा. एलिसन पिटार्डका अनुसार क्रिटिकल केयरपछि कुनै व्यक्ति साधारण जीवनमा फर्कन १२ देखि १८ महिनाको समय लाग्नसक्छ ।
अस्पतालको बेडमा लामो समयसम्म बस्दा मांसपेशीमा अत्यधिक नोक्सान परेको हुन्छ । बिरामी कमजोर हुन्छन् र यस्तोमा मांसपेशीमा पुनः शक्ति सञ्चार हुन समय लाग्छ । कतिलाई त मानिसहरुलाई पुनः साधारण तरिकाले हिँड्डुल गर्न फिजियोथेरापीको समेत सहयोग लिनुपर्ने हुनसक्छ ।
आइसीयूमा बस्दा शरीर विभिन्न उपचार र माध्यमबाट गुज्रन्छ र यस्तोमा मनोवैज्ञानिक समस्याको पनि आशंका हुनेगर्छ ।
कार्डिफ एण्ड वेले युनिभर्सिटी हेल्थ बोर्डका क्रिटिकल केयर फिजियोथेरापिस्ट पल ट्वोज भन्छन्, ‘चीन र इटलीबाट यस्ता थुप्रै रिपोर्ट आएका छन् जसमा बिरामीलाई थकाई लाग्ने, सास फेर्न समस्या हुने, लगातार खोकी लाग्ने र सासमा उतार–चढावको लक्षण देखियो ।’
‘कुनै बिरामीलाई त ठिक हुन निकै समय लाग्यो... महिना पनि ।’
उनका अनुसार तर यो कुरा सबैमा लागू हुँदैन । कोही व्यक्ति आइसीयूमा कम समयसम्म बस्छन् जबकी कतिलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित जेम्स गेलाघरको लेख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता