बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना — महामारीबाट साम्प्रदायिक महाव्याधितिर ?

महामारीपछिको भविष्य सुनौलो हुने कि समाप्त : हाम्रो विवेक र व्यवहारमा भरपर्ने कुरा
आइतबार, ०७ वैशाख २०७७, १० : १६
आइतबार, ०७ वैशाख २०७७

अहिले कोरोनाको नामले लोकप्रिय भएको कोभिड–१९ को प्रकोप नेपालमा दोश्रो चरण, तेश्रो चरणमा प्रवेश हुँदैछ भन्दै गर्दा यसले कतै यसलाई साम्प्रदायिक रुप प्रदान गर्ने कोशिश त भइरहेको छैन भन्ने छनक देखिन थालेको छ । तराईका कोही स्थानहरुमा केही भारतीय व्यक्तिहरुमा देखिएको कोरोनाभाइरसको संक्रमणमा नियोजित रुपमा एउटा खास समुदायलाई ‘दोषी साबित गर्ने’ कसरत त्यसैको एउटा गम्भीर संकेत हो । त्यसैगरी, केही समयअघि  कीर्तिपुरमा गर्भवती महिलालाई डेराबाट निकालियो भन्ने समाचार र त्यसबाट उब्जेका टीका–टिप्पणीहरूले त्यस्तै देखाएको छ ।

हुन त सुरुबाट अमेरिकी राष्ट्रपतिले यसलाई चाइनिज भाइरस भनेर अन्तर्राष्ट्रिय स्तरमै साम्प्रदायिक खाता खोलेकै थियो । अनि चीन र इरानमा व्यापक हुँदा अमेरिकाले यो भाइरस फैलाएको भन्ने षडयन्त्रवादी सिद्धान्त (कन्सपिरेसी थ्योरी) पनि सुरु भएकै थियो । फेरि चीनमा मत्थर हुँदै जानु अनि अमेरिकामा फैलिंदै जाँदा चीनले नै भाइरस उत्पादन गरेको भन्ने षडयन्त्रको सिद्धान्त प्रबल भयो ।  नेपालीले हेर्ने भनेको भारतीय टेलिभिजन नै हो, जसमा चीनले फैलाएको भन्ने षडयन्त्रवादी सिद्धान्तमा आधारित समाचार लगातार आइरहेको पाउँछौं । सत्यतथ्य नभए पनि, आफूलाई युद्धमा तीनपटक हराइसकेको चीनप्रतिको नकारात्मक समाचार भारतीय सर्वसाधारणको लागि रुचिकर मानसिक भोजन हुने त्यहाँको मीडियालाई राम्ररी थाहा छ । 


हुँदै हुँदै नेपालले भारतविरुद्ध कोरोना भाइरस फैलाउने षडयन्त्र गरेको समाचारसमेत आयो । सञ्चारको व्यवसायमा मानिसलाई निरन्तर सनसनीखेज समाचार दिइरहनुपर्ने बाध्यता छ । नेपालीलाई त त्यो समाचार हाँसो उठ्दो होला, रिस उठ्दो होला, तर अरबको जनसंख्यामा भएको भारतीय समुदायले त्यसैलाई नै सत्य ठान्लान्, अनि नेपालीप्रति अन्जानमै नकारात्मक छवि बनाउलान् ।


हुँदै हुँदै नेपालले भारतविरुद्ध कोरोना भाइरस फैलाउने षडयन्त्र गरेको समाचारसमेत आयो । सञ्चारको व्यवसायमा मानिसलाई निरन्तर सनसनीखेज समाचार दिइरहनुपर्ने बाध्यता छ । नेपालीलाई त त्यो समाचार हाँसो उठ्दो होला, रिस उठ्दो होला, तर अरबको जनसंख्यामा भएको भारतीय समुदायले त्यसैलाई नै सत्य ठान्लान्, अनि नेपालीप्रति अन्जानमै नकारात्मक छवि बनाउलान् । फेरि समाचारसँग जोडिएको व्यक्ति इस्लामधर्मी भएकोले भारतभित्रै पनि मुस्लिमविरोधी हिन्दूवादी भडकावको लागि मलजल तयार गर्छ । त्यसै पनि भारत, मलेसिया लगायत अन्य देशहरूमा मुस्लिम धर्मसभाबाट कोरोनाको संक्रमण फैलेको खबर बढाइचढाइ प्रशारण हुँदा मुस्लिमविरोधी भावना (इस्लामोफोबिया) झनै प्रबल भइरहेको बेला यस्तो समाचारले धार्मिक दंगा निम्त्याउने खतरा रहिरहन्छ । महामारीको अहिले आपतकालीन अवस्थामा स्थितिले धार्मिक दंगाको रुप लियो भने त्यसको असर कल्पना मात्रै गर्दा पनि कहालीलाग्दो हुन्छ ।

सञ्चार माध्यम र सामाजिक सञ्जाल गजबको छ । चीन, अमेरिका लगायत विश्वका विभिन्न देशका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा कोभिड–१९ मानवनिर्मित होइन भन्ने प्रमाणित भइसक्दा पनि अमेरिकाले बनाएर चीन पठाएको र चीनले बनाएर विश्वमा फैलाएको षड्यन्त्रवादी सिद्धान्तहरू सनसनीखेज बनेर फैलिरहेका नै छन् । मानिसले निर्माण गरेको नै नभए पनि कहाँ उत्पन्न भएको भन्नेमा उत्तिकै गरमागरमी बहस छ । चीनियाँ भन्छन् अमेरिकामा यो भाइरस पहिल्यै थियो र अमेरिकी सेना चीनमा आयोजित खेलकूदमा भाग लिन आउँदा तिनीहरूसँगै चीनमा प्रवेश भयो । अमेरिकी र भारतीयहरू चीनबाट उत्पन्न भएको हल्ला फिँजाउनमै मस्त छन् । अनि मोदीले दीप प्रज्ज्वलनको आव्हान गर्दा भारतका कतिपय ठाउँमा दियो जलाउनुको साथै चीनविरोधी नारा घन्काउन पनि भ्याए । कोलकतामा चिनियाँ अनुहारका भारतीयहरूलाई विभेदका शिकार भए । हुँदै हुँदै अब त सार्वजनिक व्यक्तित्वहरू नै मुस्लिमविरोधी अभिव्यक्ति दिन अग्रसर भइरहेका छन् । यस्ता विवेकहीन कार्यले व्यक्तिलाई तुष्टि त मिल्ला, तर समस्यालाई झन जटिल बनाउने कार्य मात्र गर्छ । हुनत विश्वको सर्वाधिक शक्तिमान अमेरिकाको राष्ट्रपति त केटाकेटीजस्तो चाइनिज भाइरस र उहान भाइरस भन्नमा रमाउँछन् भने सर्वसाधारणको के कुरा ? कुनै पनि भाइरस वा रोगलाई देश, ठाउँ विशेष वा जातिसित जोडी नामाकरण गर्न नमिल्ने विश्वव्यापी मान्यता र विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको प्रोटोकलको सम्मान र पालना गर्नुपर्छ भन्ने कुरालाई समेत अमेरिकाका राष्ट्रपतिजस्तो मान्छेले पनि ठाडै इन्कार गरे  !

हुँदै हुँदै अब त सार्वजनिक व्यक्तित्वहरू नै मुस्लिमविरोधी अभिव्यक्ति दिन अग्रसर भइरहेका छन् । यस्ता विवेकहीन कार्यले व्यक्तिलाई तुष्टि त मिल्ला, तर समस्यालाई झन जटिल बनाउने कार्य मात्र गर्छ । हुनत विश्वको सर्वाधिक शक्तिमान अमेरिकाको राष्ट्रपति त केटाकेटीजस्तो चाइनिज भाइरस र उहान भाइरस भन्नमा रमाउँछन् भने सर्वसाधारणको के कुरा ? कुनै पनि भाइरस वा रोगलाई देश, ठाउँ विशेष वा जातिसित जोडी नामाकरण गर्न नमिल्ने विश्वव्यापी मान्यता र विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको प्रोटोकलको सम्मान र पालना गर्नुपर्छ भन्ने कुरालाई समेत अमेरिकाका राष्ट्रपतिजस्तो मान्छेले पनि ठाडै इन्कार गरे  !


वैज्ञानिक हिसाबले भाइरस कुन देशमा उत्पन्न भयो भन्ने कुराको कुनै महत्त्व हुँदैन । गत साल भारतबाट नेपालमा डेंगू आयो त के हामीले भारतसित दुश्मनी गर्नु वा दुश्प्रचार गर्नु ? गर्मीयाममा आउने धेरैजसो प्रकोप त भारतबाटै नेपालमा छिर्छन् । त्यसको अर्थ भारतीयहरू खराब भन्ने त होइन नि ! प्रकोपलाई देशको सीमा थाहा हुन्न । सत्य कुरा त्यति नै हो । महामारीको समय केवल महामारीसित नै लड्ने हो । सबै मानिस त्यसका पीडित हुन् । तर मानिसको जात त्यस्तो हुँदैन रहेछ । हरेक घटनामा मानिसले मानिसको जात, धर्म, ठेगाना, देश जोडिएरै हेर्ने रहेछ ।

सञ्चार तथा सामाजिक सञ्जालमा आउने विद्वेषका खबरहरू महामारीभन्दा खतरनाक हुनसक्छन् । महामारी त आउँला र जाला, तर बिग्रेको सद्भाव कालान्तरसम्म बल्झिरहन्छ । यो महामारीसँगै चरम आर्थिक संकट आउने त पक्कापक्की नै छ, तर त्यससँगै जातीय सद्भाव पनि भड्कियो भने कलियुगको अन्त्य नै आएकोमा ढुक्क भए पनि हुन्छ ।

यसै सन्दर्भमा कीर्तिपुरको घटनाको प्रसंग पनि विचारणीय छ । बन्दाबन्दी (लकडाउन) को समयमा कोहलपुरबाट सुत्केरी गराउन जाजरकोटको एक दम्पत्ति कीर्तिपुर आउँछन् । आफन्तको डेरामा बस्छन् । नयाँ मानिस देखेपछि टोलवासीमा त्रास फैलिनु स्वाभाविक हो । सरकारको नियमानुसार पनि बाहिरबाट आएका मानिसले स्थानीय निकायमा खबर गरी क्वारेन्टाइनमा बस्नुपर्ने हो । सरकारले जारी गरेको आदेश अनुसार स्थानीय निकायलाई खबर गर्नु घरधनीको जिम्मेवारी नै हो । क्वारेन्टाइनको लागि नगरपालिकाले व्यवस्था पनि गरेको छ । तर आएका पाहुना क्वारेन्टाइनमा बस्न मान्दैनन् । उनीहरूको र स्थानीयबीच तनाव हुन्छ । यो तनाव फैलेर सञ्चार माध्यम र सामाजिक सञ्जालमा छताछुल्ल हुन्छ । अनि बहुआयामिक दृष्टिकोणबाट सामाजिक विखण्डनको मुद्दा बन्नजान्छ । कसरी ?

—   नेवार र बाहुनबीचको जातीय विखण्डनको मुद्दा !

—   राजधानीवासी र राजधानीबाहिरका बासिन्दाबीचको विखण्डनको मुद्दा !

—   डेराबस्ने र घरधनीहरू बीचको विखण्डनको मुद्दा !

यस मुद्दामा संजोगले धरघनी नेवार हुन्छ र डेरावाल बाहुन हुन्छ । घटना नेवार बाहुल्य समाजमा हुन्छ । यो एउटा संयोगै मात्र हो । के यो घटनामा अन्य जातिको बीचमा भएको भए क्रियाप्रतिक्रियामा केही फरक हुन्थ्यो होला ? निश्चय पनि हुँदैनथ्यो । अहिले कुनै पनि स्थानमा एउटै जातिको बसोबास छैन । कीर्तिपुरको एउटा सानो टोलमा पनि अन्य समुदायका मानिस पनि घरधनी छन् र डेरा गरी बसेका त धेरै नै छन् । बन्दाबन्दीमा बाहिरबाट मानिस आएकोमा त्रसित हुने र प्रतिक्रिया जनाउनेमा ती सबै थिए । त्यो स्वाभाविक हो र बुद्धिमानी पनि हो । अहिलेको अवस्थामा भक्तपुरबाट एउटा नेवार कीर्तिपुर आए पनि त्यही नै प्रतिकृया पाउने हो । मैले मेरै छोराछोरी बाहिरबाट आएछन् भने पनि तत्कालै घरमा स्वागत गर्नसक्दिनँ । टोलवासीले पनि दिँदैन । त्यही नै अहिलेको मानवता धर्म हो, जिम्मेवारीपूर्ण व्यवहार हो, यदि सिंगो समुदाय र देशलाई बचाउनु छ भने ।

कुनै पनि घटना दुइ फरक जाति, धर्म वा स्थानका बीच भयो भने तुरन्तै साम्प्रदायिक मुद्दा बन्नपुग्छ । अहंको सवाल बन्नपुग्छ । शायद नेपाली समाजको अवचेतनको गहिराइमै विभाजनको मसिनो तर गम्भीर चिरा छ ।


हामीले समाचारहरू निरन्तर पाइरहेका छौं कि हजारौं हजारौंको संख्यामा आफ्नै गाउँघर फर्केकालाई पनि समुदायले खोजीखोजी क्वारेन्टाइनमा पठाइरहेका छन् । तातोपानीका स्थानीयले चीनबाट अत्यावश्यक सामग्रीको ढुवानी भइरहेकोमा विरोध गरिरहेका छन् । त्यसबाट आफूलाई संक्रमणको खतरा देखिरहेका छन् । यी घटना समाचार त बनेका छन्, तर विवादको मुद्दा बनेका छैनन् । तर कुनै पनि घटना दुइ फरक जाति, धर्म वा स्थानका बीच भयो भने तुरन्तै साम्प्रदायिक मुद्दा बन्नपुग्छ । अहंको सवाल बन्नपुग्छ । शायद नेपाली समाजको अवचेतनको गहिराइमै विभाजनको मसिनो तर गम्भीर चिरा छ ।

विभाजनको कटु यथार्थ हाम्रो समाजमा विद्यमान नै छ, गहिरो गरी जरा गाडेको छ । कुनै पनि सानोभन्दा सानो मौकामा त्यो देखा पर्छ । यहाँ सवाल उठ्छ, जाजरकोटको मानिस अलि कठिन खालको सुत्केरी गराउन काठमाडौं आउनुपर्ने वाध्यता कसरी सिर्जना भयो ? किन सिर्जना भयो ? काठमाडौंबाहिर बस्नेका लागि काठमाडौंसित रिस त पहिल्यैदेखि थियो र छ । उनीहरू काठमाडौं केन्द्रित विकासबाट भित्रभित्रै पहिल्यैबाट क्रोधित छन् । त्यो एकदमै स्वाभाविक हो । तर काठमाडौं केन्द्रित विकास हुनुमा काठमाडौंका रैथानेको कति हात छ ? उनीहरू आफैं यसबाट पीडित छन् र अत्तालिएका छन् । अहिलेको अन्धधुन्ध र अव्यवस्थित विकास योजनाले सबैभन्दा बढी कोही पीडित छन् भने कोठमाडौं उपत्यकाका रैथाने वासिन्दाहरु नै छन् । त्यसैले उनीहरु हामीलाई अब विकास पुग्यो भनिरहेका छन् ।

नेपालको सन्दर्भमा मात्र होइन, कोरोना महामारीले विद्यमान विश्वसन्मुख नै धेरै यक्ष प्रश्नहरू खडा गरिदिएका छन्—

—   मानवकेन्द्रित सोचमा प्रश्न !

—   भूमण्डलीकरणमा प्रश्न !

—   नवउदार पूँजीवादमा प्रश्न !

—   शहरी केन्द्रीकरणमा प्रश्न !

—   मानिसको अत्यधिक वहिर्मुखी प्रवृत्तिमा प्रश्न !

महामारीपछिको हाम्रो भविष्य सुनौलो पनि हुनसक्छ वा समाप्त पनि हुनसक्छ । त्यो हाम्रो विवेक र व्यवहारमा भरपर्ने कुरा हो । हामी अहिलेको राजनीतिक, सामाजिक, व्यक्तिगत व्यवहारहरूमा पुनरावलोकन गर्नसक्छौं भने यो महामारी अवसर हो, सुनौलो भविष्यको लागि । होइन, महामारी सकिएपछि सबै कुरा बिर्सेर फेरि पुरानै विचारहीन ढाँचामा यथावत चल्छौं भने हामीले आफ्नो समाप्ति नै रोजेको ठहरिन्छ । यसमा शंकै नगरे हुन्छ । त्यसमा पनि राष्ट्रिय, जातीय, धार्मिक विभाजनमा मलजल गरिरहन्छौं भने त त्यो समाप्ति असीम कष्टकर र दुर्दान्त हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप