चीनले नतिजा भोग्नुपर्छः ट्रम्प
ह्वाइट हाउसमा दैनिक रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार समक्ष कोरोना भाइरसलाई सुरुदेखि नै रोक्न सकिन्थ्यो तर यस्तो नभएकोले यसको नतिजा सारा संसारले भोग्नुपरेको बताएका छन् ।
उक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई पत्रकारले सोधे, ‘चीनको ऊहान शहरबाट गत वर्ष डिसेम्बर महिनादेखि कोरोनाभाइरसको संक्रमणको सुरुवात भएको र हालसम्म एक लाख ५७ हजारभन्दा बढीको ज्यान गइसकेकोले यसका लागि चीनले नतिजा भोग्नुपर्छ ?’
यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यदि उनीहरुले यस्तो जानीजानी गरेका हुन् भने उनीहरुले पक्कै पनि यसको नतिजा भोग्नुपर्ने हुन्छ । यदि गल्ती हो भने गल्ती त आखिर गल्ती नै हुन्छ । तर यदि उनीहरुले जानीजानी यस्तो गरेको भए त यसको नतिजा कुनै पनि हालतमा भोग्नुपर्ने हुन्छ ।’
"It could have been stopped in China before it started and it wasn't," Trump tells reporters at a White House briefing, warning China could face consequences if it was "knowingly responsible" for the #coronavirus pandemic https://t.co/RkjxESlVQi pic.twitter.com/LIHdkAp46M
— AFP news agency (@AFP) April 19, 2020
ट्रम्पले भने, ‘चीन चुक्यो वा यसले नियन्त्रण गर्न सकेन अथवा यसले जानीजानी यस्तो गर्यो ? यी कुरामा निकै भिन्नता छ । यसको उनीहरुले अनुसन्धान गरिरहेको छ । हामी पनि प्रतिक्षा गरिरहेका हौं । तर हामी आफैं पनि यसबारे अनुसन्धान गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा