शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनमा मृतकको संख्या साढे २० हजार बढी

आइतबार, ०७ वैशाख २०७७, ०७ : ३४
आइतबार, ०७ वैशाख २०७७

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा लगाइएको लकडाउनलाई ९ मेसम्म बढाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले  देशको हालको स्थिती हेर्दा लकडाउनलाई थप १५ दिनसम्मका लागि बढाउनका लागि संसदलाई गुहार्ने बताएका छन् ।

यसका साथै केही प्रतिबन्धका साथै बच्चालाई अप्रिल २७ पछि घरबाट निस्कन अनुमती दिइने उनले बताएका छन् । तर यो कसरी गरिनेछ भनेर उनले केही जानकारी दिएका छैनन् ।

स्पेनमा १४ मार्चदेखि देश पूर्ण रुपमा लकडाउन छ ।

शनिबार देशमा कोरोनाभाइरसका कारण भएको मृतकको आँकडा साढे २० हजार पार गरेको छ ।

यो ताजा आँकडासहित कोरोनाभाइरसका कारण हुने मृत्युको संख्यामा स्पेन तेस्रो स्थानमा परेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पहिलो स्थानमा ३९ हजार बढी मृतकसहित अमेरिका पहिलो स्थानमा परेको छ, २३ हजार बढी मृतकको संख्यासहित इटली दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप