अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुले भने : सुखमा जस्तै दुःखमा पनि साथ चाहियो

अस्ट्रेलिया । अष्ट्रेलियामा अध्यनरत विद्यार्थीहरुले शैक्षिक परामर्शदाताहरुलाई कोरोनाले निम्त्याएको संकटको समयमा विद्यार्थीहरुलाई हदैसम्मको सहयोग गर्न आग्रह गरेका छन् ।
विद्यार्थीहरुको संगठन प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले प्रेस विज्ञप्ति सार्बजनिक गर्दै विद्यार्थीहरुको र कन्सल्टेन्सीको नाता नङ्ग र मासुको जसतै भएकोले सुखमा जस्तै दुःखमा पनि साथ चाहियो भन्ने आग्रह गरेको हो ।
नेपालबाट अष्ट्रेलिया सम्बन्धि सूचना दिने देखि लिएर कलेज भर्ना सम्बन्धि काम खोजिदिन सहयोग गर्ने कन्सल्टेन्सीहरुले अहिले यश विषम परिस्थितिमा पनि नेपाली विद्यार्थीहरुलाई परेको समस्यामा पनि सहयोग गरिदिन उक्त प्रेस विज्ञप्ति आग्रह गरेको हो ।
उक्त विद्यार्थी संगठनका संयोजक सम्राट ओलीले विज्ञप्ति मार्फत अष्ट्रेलियामा रहेका सबै नेपाली समुदायलाई नेपाली विद्यार्थीको समस्यामा साथ दिन आग्रह समेत गरिएका छन ।
केही विद्यार्थीहरु करिब महिनौ अघिदेखि काम छुटेको र यो क्रम निरन्तर रहेकोले दैनिक छाक टार्न, बसेको कोठाको भाडा र कलेजको पढाइ फि जम्मा गर्न र तिर्न निकै समस्या हुने देखिएको उक्त विज्ञप्तिमा जनाएको छ ।
त्यसैगरी उक्त विज्ञप्तिमा विद्यार्थीहरुले नेपालमा रहेका अभिभावकलाई पनि आफूहरु सुरक्षित रहेका भन्दै धैर्य रहन आग्रह गरिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान