शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित मोरङको कोरोना अस्पताल भर्ना

शनिबार, ०६ वैशाख २०७७, १० : ०६
शनिबार, ०६ वैशाख २०७७

विराटनगर - शुक्रबार उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । 

शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । 

उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरको स्थानीय प्रशासनले कोरोनाको आशंकामा १६ जनालाई नै विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा रहेका छन् । 

उनीहरुलाई कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि  मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको  उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप