
सडकमा छरिएका थिए ५ सय भारुका थुप्रै नोट, कसैले छुने हिम्मतसमेत गरेनन्

कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ ।
भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए तर कसैले पनि यी नोटलाई छुने आँटसमेत गरेनन् ।
इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरे ।
त्यसपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए ।
इन्डियन एक्सप्रेसका अनुसार घटना त्यतिबेला सार्वजनिक भयो जब एक महिलाले पुलिसलाई आफ्नो पैसा हराएको जानकारी दिइन् ।
वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।
एक पुलिस अधिकारीले पत्रिकासँगको कुराकानीमा भने, ‘सडकमा छरिएका नोटलाई कसैले पनि उठाएनन् । राम राज्य आएको जस्तो लागिरहेको छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ