केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोनाविरुद्ध अरु मुलुकले अपनाएका लकडाउन र कठोर उपाय जस्ताको तस्तै नक्कल गर्नु आत्मघाती हुन्छ

कोरोना भाइरसद्वारा सिर्जित सङ्क्रमणको समस्याको समाधान खोपको विकासभन्दा पहिले सम्भव छैन : अजय शर्मा

person explore access_timeबैशाख ६, २०७७ chat_bubble_outline1

एक्काइसौं शताब्दीकै सबैभन्दा ठूलो विश्व स्वास्थ्य समस्याको रुपमा देखापरेको छ : कोरोनाभाइरसले सिर्जना गरेको महाव्याधि । प्रकट रुपमा यो यतिखेर सबैभन्दा ठूलो स्वास्थ्य संकटको रुपमा देखापरेको छ तर साथसाथै यसको नियन्त्रणका लागि अपनाइएका कदमहरुको सफलता–असफलताले विश्व राजनीति, अझ खासगरेर नेपालको राजनीतिक स्थितिको वर्तमान अवस्थालाई पनि उदांगो पार्दै लगिरहेको छ । यो स्थितिमा कोरोनाभाइस महाव्यधिको प्रकोपबीच यसका नियन्त्रणका लागि चालिएका कदमहरु तथा त्यसले पैदा गरिदिएको आर्थिक, सामाजिक र राजनीतिक स्थितिलाई कसरी हेर्ने र बुझ्ने ? सोही सन्दर्भहरुका सेरोफेराम केन्द्रीत रहेर हामीले राजनीतिकर्मी एवं विश्व अर्थनीति एवं राजनीतिका अध्येता राजनीतिज्ञ अजय शर्मासँग कुराकानी गरेका छौं ।

अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीलाई कसरी हेर्नुभएको छ?

यसलाई मैले औषधि विज्ञान र मानवजातिको निम्ति एउटा गम्भीर चुनौतिको रूपमा लिएको छु । ‌औषधि विज्ञानलाई चुनौती यस अर्थमा कि यसको शुरुवात भएको एक सय दिन नाघिसक्दा पनि यसको नियन्त्रण एवम् समाधानको सम्बन्धमा औषधि विज्ञान कुहिरोमा हराएको काग झैँ आफ्नो गन्तव्य पहिल्याउन अथक रूपले प्रयत्नरत छ । एउटा विज्ञानको सम्बन्धमा यस्तो स्थितिलाई हामीले अन्यथा सोच्न हुँदैन । यो यसकारणले नै विज्ञान हो कि यसले हरेक नयाँ समस्याहरूको समाधान पहिले नै तयार हुने कुराको दाबी गर्दैन । यसले स्वास्थ्य क्षेत्रमा देखा पर्ने नयाँ नयाँ समस्याहरूको समाधानको सम्बन्धमा भविष्यवाणी गर्दैन । यसको अगुवाहरू समस्याको सबै कोणहरूबाट अध्ययन गरेर त्यसको समाधान निकाल्नेतर्फ अघि बढ्दछन् । तिनीहरू औषधि विज्ञानले पहिले स्थापित गरेका सिद्धान्त एवम् मान्यताहरू नयाँ समस्याको सम्बन्धमा कति लागु हुन सक्दछन् र कति सक्दैनन् भन्ने बारे वस्तुवादी भएर सोच्दछन् । यदि कुनै नयाँ समस्या समाधानको सम्बन्धमा पहिले स्थापित सिद्धान्त एवम् मान्यताहरूले काम नगर्ने देखे तिनीलाई अरू बढी गहिराइमा जान्छन् र समस्याको कारण र कार्यबीचको सम्बन्धलाई वस्तुगत रूपबाट बुझ्ने प्रयत्न गर्छन्–आवश्यक परे यो प्रक्रियालाई तिनीहरूले पुस्तौँ-पुस्तासम्म निरन्तरता दिन्छन् ।


अहिले पनि विश्वमा त्यस्ता थुप्रै रोगव्याधिहरू छन् जसको नियन्त्रण मात्र हुन सकेको छ, तिनलाई निर्मूल भने पार्न सकिएको छैन । लगभग चालिस वर्ष लगातार खर्चिनुका बाबजुद औषधि विज्ञानले अहिलेसम्म पनि एड्स निको पार्ने औषधि पत्ता लागाउन सकेको छैन । त्यस्ता हजारौँ रोगहरू छन् जसलाई नियन्त्रण मात्र गरेर मानव जीवन चलिरहेको छ । कोरोना भाइरसबाट पैदा भएको अहिलेको विश्वव्यापी समस्यालाई पनि हामीले यसै रूपमा बुझ्नु पर्दछ भन्ने मेरो विचार छ ।


स्वास्थ्य क्षेत्रमा देखिने यसप्रकारका समस्याहरूको नियन्त्रण वा स्थायी समाधानका निम्ति तिनको साधारण एवम् जटिल प्रकृतिअनुसार छोटो वा लामो अवधि आवश्यक हुन्छ । कतिपय स्वास्थ्य समस्याहरूको सम्बन्धमा तुलनात्मक रूपमा लामो अवधिमा पनि समाधान ननिस्कन सक्दछ । तर त्यस्ता समस्याहरूको पनि समाधान वा समाधान कै स्तरका नियन्त्रणको उपायहरू अवश्यै पनि विकसित हुने छन् । अहिले पनि विश्वमा त्यस्ता थुप्रै रोगव्याधिहरू छन् जसको नियन्त्रण मात्र हुन सकेको छ, तिनलाई निर्मूल भने पार्न सकिएको छैन । लगभग चालिस वर्ष लगातार खर्चिनुका बाबजुद औषधि विज्ञानले अहिलेसम्म पनि एड्स निको पार्ने औषधि पत्ता लागाउन सकेको छैन । त्यस्ता हजारौँ रोगहरू छन् जसलाई नियन्त्रण मात्र गरेर मानव जीवन चलिरहेको छ । कोरोना भाइरसबाट पैदा भएको अहिलेको विश्वव्यापी समस्यालाई पनि हामीले यसै रूपमा बुझ्नु पर्दछ भन्ने मेरो विचार छ ।

कोरोना भाइरसद्वारा सिर्जित सङ्क्रमणको विरुद्धको गत साढे तीन महिनाको सङ्घर्षलाई हेर्दा एउटा के कुरा प्रष्ट भएको छ भने यो समस्याको समाधान खोपको विकासभन्दा पहिले सम्भव छैन । यस सङ्क्रमणको सम्बन्धमा औषधि विज्ञानले एकातिर हालसम्म उठेका प्रश्नहरूको उत्तर पाउन सकेको छैन भने अर्कोतिर यस समस्याको गर्भभित्र अरू कति प्रश्नहरू छन् जसबारे अहिले कही भन्न सकिने अवस्था छैन । निश्चयै पनि औषधि विज्ञानले कोरोना सङ्क्रमणसित सम्बन्धित हाल ज्ञात भएको र अध्ययनको क्रममा भविष्यमा उठ्ने प्रश्नहरूको जवाफ पत्ता लगाउने छ । त्यसको लागि विज्ञहरूले भने जस्तो एक डेढ वर्ष लाग्न सक्छ । मानव इतिहासको लागि यो कुनै लामो अवधि होइन । त्यस अवधिमा वा त्योभन्दा केही लामो अवधिमा औषधि विज्ञानले यसको स्थायी समाधान पत्ता लगाउन सकिनहाले पनि, अवश्य पनि, भरपर्न सकिने ढङ्गबाट यसको नियन्त्रणको उपाय पत्ता लगाउने छ, र मानव जाति पुनः सामान्य अवस्थामा फर्कने छ ।


कोरोना भाइरसद्वारा सिर्जित सङ्क्रमणको सम्बन्धमा औषधि विज्ञानले एकातिर हालसम्म उठेका प्रश्नहरूको उत्तर पाउन सकेको छैन भने अर्कोतिर यस समस्याको गर्भभित्र अरू कति प्रश्नहरू छन् जसबारे अहिले कही भन्न सकिने अवस्था छैन । निश्चयै पनि औषधि विज्ञानले कोरोना सङ्क्रमणसित सम्बन्धित हाल ज्ञात भएको र अध्ययनको क्रममा भविष्यमा उठ्ने प्रश्नहरूको जवाफ पत्ता लगाउने छ । त्यसको लागि विज्ञहरूले भने जस्तो एक डेढ वर्ष लाग्न सक्छ । मानव इतिहासको लागि यो कुनै लामो अवधि होइन ।


तपाईलाई कोरोना सङ्क्रमणबाट जोगिन वा त्यसको सङ्क्रमणलाई फैलन नदिन के कस्ता उपायहरू अपनाउनुपर्छ भन्ने लाग्छ र त्यस सम्बन्धमा अहिले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा अपनाइएका उपायहरूको सम्बन्धमा तपाईको के विचार छ?

यस सम्बन्धमा मेरो कुनै व्यक्तिगत विचार हुने भन्ने कुरै हुँदैन । यो औषधि विज्ञानको क्षेत्रभित्रको कुरा हो । हामीले तत्सम्बन्धमा त्यसका विज्ञहरूको सुझाव र दिशानिर्देशको पालना गर्नुपर्छ । म एउटा सामाजिक विज्ञानको विद्यार्थी भएकोले, विज्ञहरूको सुझाव र सङ्क्रमण रोक्न विश्वव्यापी रूपमा अवलम्बन गरिएका उपायहरूबाट प्राप्त परिणामहरूमाथि ध्यान दिँदै यस सम्बन्धमा आफ्ना विचारहरू राख्न सक्छु ।

कोरोना सङ्क्रमणको अध्ययन अनुसन्धानमा औषधि विज्ञान अनवरत लागि रहेको र त्यसको नियन्त्रण र समाधानको उपाय पत्ता लगाउन तुलनात्मक रूपमा केही लामो समय लाग्ने देखिएको पृष्ठभूमिमा यसको सङ्क्रमण फैलन नदिन वा फैलिहाले त्यसलाई सीमित घेराभित्र राख्न सङ्क्रमणको सिक्रीलाई तोड्ने भन्दा तत्काल अर्को कुनै विकल्प छ भन्ने मलाई लाग्दैन । सङ्क्रमणको सिक्री कडाइपूर्वक आवश्यक दूरी कायम गरेर मात्र तोड्न सकिन्छ ।

मानिसहरूबीच एकआपसमा आवश्यक दूरी कायम गर्ने कुरालाई समाजमा प्रभावशाली ढङ्गबाट लागु गर्नको निम्ति बन्दाबन्दी (lockdown) हालसम्म सबैभन्दा प्रभावशाली उपाय भएको कुरा प्रमाणित भएको छ । यो गर्नुपर्ने पहिलो काम हो । तर हामी बन्दाबन्दीलाई निरपेक्षरूपमा भने बुझ्न हुँदैन । सबै मुलुकहरूले आआफ्नो मुलुकको विशिष्टता र कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर बन्दाबन्दीको स्वरूप र श्रेणी (degree) निर्धारित गर्नुपर्छ । कारोना संक्रमणले महामारीको रूप लिएको वा टड्कारो रूपमा त्यस प्रकारको खतरा देखिएको मुलुकले अवलम्बन गरेको बन्दाबन्दी र कठोर उपायहरू कोराना संक्रमण फैलिनसकेको वा २/४ घटनाहरूमात्र देखिएको र तत्काल महामारीका रूप लिने खतरा नदेखिएको मुलुकले जस्ताको तस्तै नक्कल गर्नु आत्मघाति हुन्छ । त्यस्ता मुलुकहरूले कोरोना संक्रमण फैलन नदिन अरू मुलुकहरूले अपनाएका तरिकाहरू मध्य अनिवार्य रूपले आफूले कुन अपनाउनु पर्छ र कुन तरिकालाई त्यसरी अपनाउन आवश्यक छैन भन्ने कुरा ठीकसित छुट्याउनु पर्छ ।

तर पनि कोरोना संक्रमणले महामारीको रूप लिएको अहिलेको अवस्थामा  एउटा मुलुकबाट अर्को मुलुकमा र स्वयम एउटै देशको पनि एउटा क्षेत्रबाट अर्को क्षेत्रमा, यदि देशका विभिन्न क्षेत्रहरूमा कोरोना सङ्क्रमण फैलिएको वा फैलिन सक्ने खतरा भएको अवस्थामा, सङ्क्रमण सर्ने स्थितिको अन्त्यको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय आवागमनमा प्रतिवन्ध लगाउनुपर्छ । कडाइपूर्वक यी उपायहरू अवलम्बन गरेको खण्डमा सङ्क्रमणको आयात एवम् निर्यातलाई रोक्न सकिन्छ जसबाट लाखौँ लाख मानिसहरूको जीवन रक्षा हुन्छ । दोस्रो, परिक्षण हो–जनस्तरमा मानिसहरूमा सङ्क्रमण छ कि छैन भनेर पटक-पटक जाँच गर्नुपर्छ ।


कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न विश्वमा मुख्य गरेर दुइवटा तरिकाहरू अवलम्बन गरिएका छन्–एउटा, सङ्क्रमणले महामारीको रूप लिने देखिने वित्तिकै बन्दाबन्दीसहीत कठोर उपायहरू अवलम्बन गर्ने । यो तरिका चीनले अवलम्बन गर्‍यो र विश्वमा अहिले यसलाई कोरोना सङ्क्रमण रोक्ने चिनियाँ मोडेल पनि भनिन्छ । अर्को, "प्रजातान्त्रिक" बन्दाबन्दी । यो अमेरिकी मोडल हो । कतिपय उच्च सङ्क्रमणमा रहेका यूरोपियन मुलुकहरूले पनि यही मोडल अवलम्बन गरेको पाइन्छ । जब कि नेपाल, भारत आदि मुलुकहरूले चिनियाँ मोडल अवलम्बन गरेका छन् । सङ्क्रमणको विस्तार रोक्न अमेरिकी मोडल असफल प्रमाणित भएको छ ।


कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न विश्वमा मुख्य गरेर दुइवटा तरिकाहरू अवलम्बन गरिएका छन्–एउटा, सङ्क्रमणले महामारीको रूप लिने देखिने वित्तिकै बन्दाबन्दीसहीत कठोर उपायहरू अवलम्बन गर्ने । यो तरिका चीनले अवलम्बन गर्‍यो र विश्वमा अहिले यसलाई कोरोना सङ्क्रमण रोक्ने चिनियाँ मोडेल पनि भनिन्छ । अर्को, "प्रजातान्त्रिक" बन्दाबन्दी । यो अमेरिकी मोडल हो । कतिपय उच्च सङ्क्रमणमा रहेका यूरोपियन मुलुकहरूले पनि यही मोडल अवलम्बन गरेको पाइन्छ । जब कि नेपाल, भारत आदि मुलुकहरूले चिनियाँ मोडल अवलम्बन गरेका छन् । तर सङ्क्रमणको विस्तार रोक्न अमेरिकी मोडल असफल प्रमाणित भएको छ । ती मुलुकहरूमा सङ्क्रमणले महामारीको रूप लिएर लाखौँ जनताको ज्यान गयो ।

तपाईले सङ्क्रमण फैलन नदिन अवलम्बन गरिँदै आएका दुइवटा तरिकाहरूबारे सामान्य रूपले चर्चा गर्नुभयो । यसप्रकारका तरिकाहरू अवलम्बन गरिएको अवस्थामा पनि विभिन्न मुलुकहरूमा त्यसका परिणामहरू भिन्नभिन्न आएको तथ्यलाई कसरी हेर्नुभएको छ?

तपाईले विल्कूल सही प्रश्न उठाउनुभएको छ । चीनले अपनाएका जस्तै उपायहरू अपनाएका कतिपय मुलुकहरूमा चीनमा जस्तो अपेक्षित परिणाम आउन सकिरहेको छैन । मेरो विचारमा एकै प्रकारका उपायहरू अवलम्बन गरिएका मुलुकहरूमा परिणामहरू फरकफरक आउनुमा तिनका बेग्लाबेग्लै सामाजिक बनोट तथा जनताको चेतनाको स्तरबीच अन्तर, अनुशासनका अवस्थाहरू, राजनीतिक दलहरू एवम् सरकारको चरित्र, आर्थिक तथा स्वास्थ्य सेवाको विकासको स्तर, सामाजिक समुदायहरूबीचको सम्बन्ध र सरकारको इच्छा शक्ति आदि विभिन्न कुराहरूले काम गरिरहेका छन् ।

मानवजाति र औषधि विज्ञानलाई कोरोना सङ्क्रमणका विरुद्ध कसरी लड्ने भन्ने कुराको कुनै अनुभव नभएको अवस्थामा त्यसका विरुद्ध चिनियाँ नेतृत्व र चिनियाँ जनताको सफल सङ्घर्ष साच्चिकै प्रशंसनीय छ । चीनको त्यो सङ्घर्ष र त्यसबाट प्राप्त शिक्षा कोरोना सङ्क्रमणका विरुद्ध सङ्घर्षरत अन्य मुलुकहरूको निम्ति एउटा आधार सामग्री बन्यो । यद्यपी ट्रम्प प्रशासनले कोरोना सङ्क्रमणका विरुद्धको चीनको त्यो महान् सङ्घर्ष एवम् त्यसबाट प्राप्त सफलताको सराहना गरेको छैन बरु त्यसमाथि लान्छना लगाएको छ ।


सत्तारुढ राजनीतिक दल, अर्थात् भारतीय जनता पार्टी एउटा कट्टर हिन्दूवादी सङ्गठन हो, र त्यसले आफ्नो शासनको पहिलो अवधि र दोस्रो अवधिको पहिलो वर्षमा फासिस्ट हिन्दूवादी नीति अख्तियार गरेको छ । यसले प्रस्टरूपमा भारतीय समाजलाई हिन्दू र मुश्लिम दुई खेमामा विभाजित गरेको छ । मोदी सरकारले अन्य प्रश्नहरूमा जस्तै कोरोना सङ्क्रमणको यस राष्ट्रिय समस्या विरुद्धको राष्ट्रिय सङ्घर्षमा पनि मुश्लिम समुदायलाई पाखा लगाएर एकल निर्णयका आधारमा अघि बढ्ने रणनीति अवलम्बन गरेको कुरा तथ्यहरूबाट पुष्टि भएको छ ।


भारतलाई नै हेरौँ–तीन हप्ताभन्दा बढीको बन्दाबन्दी लगायत कठोर उपायहरू अवलम्बन गर्नुका बाबजूद भारतले कोरोना सङ्क्रमण रोक्न अपेक्षित परिणाम हासिल गर्न सकिरहेको छैन, बरु त्यहाँ सङ्क्रमणले महामारीको रूप लिँदैगएको छ । सामान्यतः एकै प्रकारका उपायहरू अवलम्बन गरिनुका बावजूद चीनमा जस्तो भारतमा कोरोना सङ्क्रमणका विरुद्धको अभियान सफल हुन नसक्नुको मुख्य कारण देशको राजनीतिक नेतृत्व, प्रहरी प्रशासनतन्त्र, नागरिक समाज तथा विभिन्न समुदायहरूबीच विद्यमान् सम्बन्ध आदिले काम गरिरहेका छन् । सत्तारुढ राजनीतिक दल, अर्थात् भारतीय जनता पार्टी एउटा कट्टर हिन्दूवादी सङ्गठन हो, र त्यसले आफ्नो शासनको पहिलो अवधि र दोस्रो अवधिको पहिलो वर्षमा फासिस्ट हिन्दूवादी नीति अख्तियार गरेको छ । यसले प्रस्टरूपमा भारतीय समाजलाई हिन्दू र मुश्लिम दुई खेमामा विभाजित गरेको छ । मोदी सरकारले अन्य प्रश्नहरूमा जस्तै कोरोना सङ्क्रमणको यस राष्ट्रिय समस्या विरुद्धको राष्ट्रिय सङ्घर्षमा पनि मुश्लिम समुदायलाई पाखा लगाएर एकल निर्णयका आधारमा अघि बढ्ने रणनीति अवलम्बन गरेको कुरा तथ्यहरूबाट पुष्टि भएको छ । केन्द्रदेखि प्रदेश एवम् तल्लो निकायसम्मका मन्त्री तथा कर्मचारीहरू र मोदी पक्षीय सञ्चार माध्यमहरूले यो सङ्घर्षलाई मुश्लिमहरूलाई कोरोना सङ्क्रमण विरुद्धको राष्ट्रिय अभियानका विरोधीहरू वा योजनावद्धरूपबाट भारतमा कोरोना फैलाउन कार्यरत दूतहरूको रूपमा चित्रित गरेर तिनीहरूमाथि नृशंस दमनको लागि वातावरण तयार गर्दैछन् ।

त्यसैगरेर मोदी सरकारले केन्द्रिय तथा प्रदेश एवम् स्थानीयस्तरमा अन्य राजनीतिक दलहरूलाई पनि पन्छाएर कोरोना सङ्क्रमण विरुद्धको अभियानलाई बिजेपी र उसको सरकारको एकल अभियानको रूपमा अघि बढाइरहेको छ । संख्याको हिसाबमा बिजेपी र त्यसको सरकार जतिसुकै धेरै र ठूलो भएपनि अरू राजनीतिक दलहरू र समुदायहरूलाई यसरी पन्छाएर यो अभियानले घोषित एवम् आवश्यक विजय हासिल गर्न सक्दैन । मोदी सरकारले कोरोना सङ्क्रमण विरुद्धको सङ्घर्षमा अवलम्बन गरेको यस्तो कार्यदिशाबाट देशमा एउटा एकीकृत पहल (integrated approach) को निर्माण हुन सक्दैन, जसको अभावमा त्यस्तो सङ्घर्षले अपेक्षित र आवश्यकिय उपलब्धि हासिल गर्न सक्दैन । नरेन्द्र मोदीको प्रवल इच्छाशक्ति र बन्दाबन्दी सहीतका कठोर उपायहरू अवलम्बन गरिनुका बाबजुद भारतमा जारी कोरोना सङ्क्रमणको विरुद्धको अभियानले अपेक्षित परिणाम दिन नसक्नुको मुख्य कारण यही हो ।

नेपाल सरकारले देशभित्र कोरोना सङ्क्रमण रोक्न तीन हप्ता अघिदेखि राष्ट्रियस्तरमा गर्दै आएको बन्दाबन्दी र त्यसलाई सफल पार्न कैयन कठोर उपायहरू अवलम्बन गर्दै आएको छ र मन्त्रीपरिषद्ले चरणबद्ध रुपमा निर्णयहरु गर्दै अरू कडाईकासाथ बन्दाबन्दी जारी राख्ने निर्णय गरेको छ । तपाईले सरकारका यी कदमहरूलाई कसरी हेर्नुभएको छ, र यसबाट नेपाल कोरोना सङ्क्रमणको महामारीबाट बच्न सक्ने देख्नुहुन्छ ?

यस सम्बन्धमा पहिलो कुरा म सरकारका यी कदमहरूलाई सामान्यतः सही मान्दछु र समर्थन गर्दछु । औषधि विज्ञान त्यस सम्बन्धमा अध्ययनको प्रारम्भिक चरणमा नै रहेको र साधन, श्रोत एवम् दक्षताको दृष्टिबाट मुलुक अत्यन्त पछाडि रहेको अवस्थामा सङ्क्रमणलाई फैलन नदिने यो एउटा निर्विकल्प बाटो हो । सरकारका यी कदमहरू विश्वव्यापी रूपमा अपनाइएका अति सामान्य उपायहरू भएकोले यी उपायहरू अवलम्बन गरेकै कारणबाट सरकारको क्षमता एवम् कुशलता सावित हुँदैन । त्यसैले यी उपायहरू अपनाएको र मैले तिनलाई सामान्यतः समर्थन गरेको अर्थ यो सरकार कोरोना सङ्क्रमण रोक्न विल्कूल सक्षम छ, त्यसले त्यस सम्बन्धमा कुनै गल्ति गरेको छैन, र यदि यो सङ्क्रमणले भविष्यमा देशमा महामारीको रूप लियो भने सरकारले त्यसलाई सजिलै र सफलतापूर्वक समाधान गर्ने क्षमता राख्छ भन्ने कुरा मैले मान्छु भन्ने होइन–यो सरकारबाट त्यस्तो सम्भव छैन भन्ने कुरा धेरै तथ्यहरूले पुष्टी गरिसकेको छ ।


भारतको मोदी सरकारभन्दा केपी शर्मा ओलीको सरकार यस कुरामा बढी खराब अवस्थामा छ कि भारत सरकारको यस अभियान सम्बन्धी नीति तथा योजनाले राष्ट्रिय सङ्कल्पको प्रतिनिधित्व नगरे पनि कमसेकम सत्तारुद दल बिजेपीको सङ्कल्पको प्रतिनिधित्व गर्दछ । जबकि केपी शर्मा ओली सरकारको यस अभियान सम्बन्धी नीति तथा योजनाले राष्ट्रिय सङ्कल्पको प्रतिनिधित्व मात्र नगरेको नभएर स्वयम् आफ्नै पार्टीको पनि एकमना सङ्कल्पको प्रतिनिधित्व गर्दैन ।


त्यस सम्बन्धमा म दुईवटा तथ्यहरू उल्लेख गर्न चाहन्छु–एउटा, यो सरकार कोरोना सङ्क्रमण विरुद्धको यो अभियानमा राष्ट्रिय एकता र त्यो माथि आधारित राष्ट्रिय सङ्कल्पको निर्माणको आवश्यकतालाई पूर्णतः उपेक्षा गरेर एकल निर्णयका आधारमा अघि बढी रहेको छ । यस सम्बन्धमा भारतको मोदी सरकारभन्दा केपी शर्मा ओलीको सरकार यस कुरामा बढी खराब अवस्थामा छ कि भारत सरकारको यस अभियान सम्बन्धी नीति तथा योजनाले राष्ट्रिय सङ्कल्पको प्रतिनिधित्व नगरे पनि कमसेकम सत्तारुद दल बिजेपीको सङ्कल्पको प्रतिनिधित्व गर्दछ । जबकि केपी शर्मा ओली सरकारको यस अभियान सम्बन्धी नीति तथा योजनाले राष्ट्रिय सङ्कल्पको प्रतिनिधित्व मात्र नगरेको नभएर स्वयम् आफ्नै पार्टीको पनि एकमना सङ्कल्पको प्रतिनिधित्व गर्दैन । सरकारद्वारा अहिले कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी जुन नीति तथा योजना अघि सारिएको छ, त्यसमा सत्तारुद दल एवम् सरकारको एउटा गिरोह सक्रिय एवम् हावी छ । यस सम्बन्धी नीति एवम् योजना निर्माण र तिनको कार्यान्वयनमा प्रधानमन्त्री यही गिरोहद्वारा सञ्चालित छन् र उनले त्यसको संरक्षण गरिरहेका छन् ।

अर्को, यो सरकारसित सङ्क्रमणलाई रोक्ने र त्यस क्रममा अवलम्बन गरिने नीति एवम कार्यक्रमहरूबाट मुलुकमा पैदा हुने समस्याको समाधानको सम्बन्धमा एउटा समग्र योजना छैन । त्यति मात्रै होइन, त्यस सम्बन्धमा यो सरकारसित प्रारम्भिक सोच पनि नभएको कुरा २५/२६ दिनको बन्दाबन्दीबाट पैदा भएका डरलाग्दा समस्याहरूबाट प्रष्ट हुन्छ ।

तपाईंले कोरोनाको सङ्क्रमण नियन्त्रणको लागि सरकारले अघि सारेको बन्दाबन्दी लगायतका कठोर उपायहरूलाई सही बताएर समर्थन गर्नुभयो तर यो सरकारसित देशमा कोरोना सङ्क्रमण रोक्न र त्यसक्रममा पैदा हुने समस्याहरूको समाधान गर्न कुनै योजना छैन र त्यसबाट त्यस्तो गर्न सम्भव हुन्न भन्नुभयो । यसलाई अल्लि प्रष्ट पारिदिनुहाेस् न ।

मेरो भनाइको अर्थ के भने कोरोना महामारीले स्वास्थ सङ्कट मात्र लिएर आउँदैन । त्यसको सङ्क्रमणलाई नियन्त्रण गर्न अपनाइने नीति तथा कार्यक्रमहरूबाट जनताको दैनिक जीवन खासगरेर गरिखाने वर्ग र देशको अर्थतन्त्र धराशायी हुन्छ । जति यो अवस्था लम्बिन्छ त्यति तिनीहरूमा त्यस्ता उपायहरूको असर भयावह बन्दै जान्छ । यसको अर्थ कोरोना महामारीका विरुद्धको हाम्रो सङ्घर्षले साथसाथै जनताको दैनिकी खासगरेर गरिखाने वर्ग र देशको अर्थतन्त्रमा महान् सङ्कटलाई पनि जुडुवा भाइ–बहिनीहरूको रूपमा सँगै लिएर आउँछ । कोरोना सङ्क्रमण नियन्त्रणको सङ्घर्षमा हामीले यी पक्षहरूलाई पनि गम्भीर रूपले लिनुपर्छ र एउटा अखण्डित नीति तथा योजना बनाएर अघि बढ्नु पर्छ । यस सम्बन्धमा राष्ट्रिय एकता र राष्ट्रिय सङ्कल्पलाई महत्व नदिएर पार्टी र सरकारभित्रको एउटा गुटको एकता र सङ्कल्पलाई लिएर हिँड्ने प्रधानमन्त्रीबाट त्यस प्रकारको अखण्डित नीति तथा योजना अघि सारिनु र लागु गरिनु सम्भव हुन्न । सत्तारुढ दल र सरकारको एउटा गुटको यस्तो सोच र व्यवहारबाट अहिले देशमा राजनीतिक सङ्कट पैदा भएको छ । राजनीति हरेक कुराको चालक शक्ति हो । एउटा सङ्कटग्रष्त राजनीतिबाट कोरोना सङ्क्रमणको नियन्त्रणको क्रममा अपनाइने उपायहरूबाट जनजीविका तथा मुलुकको अर्थतन्त्रमा देखापर्ने सङ्कटको समधान हुन सक्दैन ।


कोरोना महामारीले स्वास्थ सङ्कट मात्र लिएर आउँदैन । त्यसको सङ्क्रमणलाई नियन्त्रण गर्न अपनाइने नीति तथा कार्यक्रमहरूबाट जनताको दैनिक जीवन खासगरेर गरिखाने वर्ग र देशको अर्थतन्त्र धराशायी हुन्छ । जति यो अवस्था लम्बिन्छ त्यति तिनीहरूमा त्यस्ता उपायहरूको असर भयावह बन्दै जान्छ । यसको अर्थ कोरोना महामारीका विरुद्धको हाम्रो सङ्घर्षले साथसाथै जनताको दैनिकी खासगरेर गरिखाने वर्ग र देशको अर्थतन्त्रमा महान् सङ्कटलाई पनि जुडुवा भाइ–बहिनीहरूको रूपमा सँगै लिएर आउँछ । कोरोना सङ्क्रमण नियन्त्रणको सङ्घर्षमा हामीले यी पक्षहरूलाई पनि गम्भीर रूपले लिनुपर्छ र एउटा अखण्डित नीति तथा योजना बनाएर अघि बढ्नु पर्छ ।


तेस्रो चरणको अरू कडा शर्तहरू सहीतको बन्दाबन्दीले देशमा मजदूर, किसान, साना उत्पादनकर्ताहरू, पोल्ट्री तथा माछा व्यवसाय, तरकारी उत्पादन आदिले अरू बढी गम्भीर समस्याहरूको सामना गर्नुपरेको छ । बन्दाचबन्दीको २६ दिन भइसकेको परिप्रेक्षमा र देशका ठूला शहरहरूमा रहेका असङ्गठित गरिखाने वर्गको अवस्था भयावह बन्न पुगेको छ–हजारौँ मजदूरहरूको काम छुटेपछि तिनीहरूलाई गाँस र वासको समस्या परेर आआफ्ना घर जान बाटोमा भौँतारिइरहेका छन् । न त केन्द्रीय सरकारले उनीहरूको गाँस, वास र कपासको व्यवस्था गरेको छ न उनीहरू सुरक्षित तरिकाले आआफ्नो घरमा जाने व्यवस्था मिलाएको छ । यस सम्बन्धमा सरकार रमिते बनेको छ । यहाँसम्म कि अब त स्थानीय निकायहरूले कोरोना सङ्क्रमण आयात हुन्छ भनेर दशौँ दिन लगाएर हिँडेर आफ्नो घर नजिक पुगेका मजदूरहरूलाई बलजफत ट्रकमा कोचेर फिर्ता गरिरहेछन् । यद्यपि यसबीचमा केही जनप्रतिनिधि, प्रहरी अधिकारी तथा स्थानीय स्वयंसेवीहरुले बाटामा अलपत्र परेकाहरुकोउद्दार गरेर उनीहरुलाई खानापानीको बन्दोबस्त गरेको, घर जानका लागि गाडीको बन्दोबस्त गरेको सकारात्मक खबरहरु पनि आएका छन् ।

त्यसैगरेर, भारत लगायत मलेशिया तथा खाडी मुलुकहरूमा नेपाली मजदूरहरूको अवस्था चिन्ताजनक छ । त्यसबारे सरकार एकदम मौन छ । यस सम्बन्धमा सरकारको नीति उसलाई देशमा आउन नदिने छ । जुन वर्गले रगत-पसिना बगाएर र मृत्युवरण गरेर नेपालको अर्थतन्त्र धानिरहेको छ, त्यो वर्गप्रतिको सरकारको यस्तो चरम उपेक्षाको जति निन्दा गरे पनि कम हुन्छ । देशभित्र र बाहिरका मजदूरहरूप्रति सरकारको यस्तो रवैया नेकपा र त्यसको सरकारको निम्ति प्रत्युत्पादक हुनेछ र त्यसको परिणाम व्यहोर्न तयार भएर बसे हुन्छ ।

 यसको अर्थ तपाईंले सर्वपक्षीय संयन्त्र वा सर्वपक्षीय सरकारको मागलाई समर्थन गर्नुभएको त होइन?

तपाईको प्रश्नको पहिलो हिस्सालाई मैले सही मानेर समर्थन गर्छु र दोस्रो हिस्सालाई गलत मान्छु । पूर्व प्रधानमन्त्री तथा नेकपाकै अर्को अध्यक्ष प्रचण्डले कोरोना सङ्क्रमणको खतरालाई एउटा राष्ट्रिय समस्याको रूपमा बोध गरेर त्यो स्तरको समस्यालाई राष्ट्रिय एकताको निर्माण र त्यसमाथि आधारित उच्चस्तरको राष्ट्रिय सङ्कल्प विकसित गर्ने उद्देश्यद्वारा प्रधानमन्त्रीकै नेतृत्वमा सर्वपक्षिय संयन्त्र निर्माणको आवश्यकतामा जोड दिनुभयो । तर प्रधानमन्त्रीले आफ्नो गुटको सुझाव र सल्लाहमा उहाँको यो प्रस्तावलाई सार्वजनिक रूपमै खारेज गनुभयो ।


प्रचण्डको यो प्रस्ताव कोरोना सङ्क्रमणको बढ्दो खतरामाथि विजय प्राप्त गर्न निर्णायक महत्वको छ । प्रधानमन्त्रीले यो प्रस्तावको महत्वलाई बुझेर आफ्नै नेतृत्व वा अर्को अध्यक्ष वा अरू कुनै वरिष्ठ नेताको नेतृत्वमा सबै राजनीतिक दलहरू, सेना, प्रहरी, कानूनविद, औषधि विज्ञानका विज्ञहरू र नागरिक समाजका अगुवाहरूलाई सामेल गरेर सर्वपक्षीय संयन्त्र बनाउन स्वीकृति दिएको भए त्यसबाट कोरोना सङ्क्रमण विरुद्ध राष्ट्रिय एकताको निर्माण र त्यसमाथि आधारित राष्ट्रिय सङ्कल्प विकसित हुन्थ्यो । यसबाट कोरोना सङ्क्रमणलाई रोक्न आवश्यक सही नीति तथा योजना बन्न र त्यसको प्रभावशाली कार्यान्वयन हुन सक्थ्यो । यसबाट नेकपा र सरकारको लोकप्रियता बढ्ने थियो । प्रधानमन्त्रीको गुट स्वार्थ र जिद्दीले नेकपा र त्यसको सरकारलाई कमजोर पार्ने काम गरेको छ ।


प्रचण्डको यो प्रस्ताव कोरोना सङ्क्रमणको बढ्दो खतरामाथि विजय प्राप्त गर्न निर्णायक महत्वको छ । प्रधानमन्त्रीले यो प्रस्तावको महत्वलाई बुझेर आफ्नै नेतृत्व वा अर्को अध्यक्ष वा अरू कुनै वरिष्ठ नेताको नेतृत्वमा सबै राजनीतिक दलहरू, सेना, प्रहरी, कानूनविद, औषधि विज्ञानका विज्ञहरू र नागरिक समाजका अगुवाहरूलाई सामेल गरेर सर्वपक्षीय संयन्त्र बनाउन स्वीकृति दिएको भए त्यसबाट कोरोना सङ्क्रमण विरुद्ध राष्ट्रिय एकताको निर्माण र त्यसमाथि आधारित राष्ट्रिय सङ्कल्प विकसित हुन्थ्यो । यसबाट कोरोना सङ्क्रमणलाई रोक्न आवश्यक सही नीति तथा योजना बन्न र त्यसको प्रभावशाली कार्यान्वयन हुन सक्थ्यो । यसबाट नेकपा र सरकारको लोकप्रियता बढ्ने थियो । प्रधानमन्त्रीको गुट स्वार्थ र जिद्दीले नेकपा र त्यसको सरकारलाई कमजोर पार्ने काम गरेको छ । यदि समयमै नेकपाका नेताहरूले एउटा नेताको कारणबाट पार्टी तथा सरकारलाई पुगेको यो क्षतिलाई सच्चाउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले त्यसको मूल्याङ्कन गर्ने छन् ।

जहाँसम्म सर्वदलीय सरकारको मागको कुरा छ, त्यसलाई मैले सही मान्दिनँ । कतिपयले सर्वदलीय सरकारको माग गरेका छन् । यो मुलुक कोरोना सङ्क्रमणको खतराबाट गुज्रिरहेको समयमा त्यसैलाई भर्‍याङ बनाएर सरकारमा भाग खोज्ने क्षुद्र राजनीतिक सोच हो । जनताले नेकपालाई पाँच वर्ष बहुमतको स्थायी सरकार चलाउन जनादेश दिएको परिप्रेक्ष्यमा देशमा देखिने यसप्रकारको राष्ट्रिय समस्याको अवस्थामा, त्यो समस्या समाधानमा हामीले आफ्नोतर्फबाट कसरी योगदान दिन सक्छौ भनेर सोच्नु पर्छ, कसरी सरकारमा जाने भनेर बल्छी हाल्ने होइन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 18, 2020, 8:06 a.m. बाबुराम भुसाल
    हिज मात्र नेपालमा १२ जना कोरोना रोगी एक मजिदमा लुकेर बसेको अवस्थामा भेटिए र केही दिन अघि पर्सामा मजिदमा लुकेर बसेका ३ जना कोरोना रोगी भेटिएका छन।नेपालका कुल ३० जना रोगि मध्ये १५ जना रोगी मजिदमा भेटिए र यिनिहरु पनि प्राय भारतीय छन।नेपालको एकै मजिदमा १२ जना रोगिहरु भेटिदा पनि कोहि नेपाली बोल्न सक्दिन किनभने उस्को उदारवादमा दाग लाग्छ।भारतीय मिडियामा नेपालमा मरकजी कोरोना बम लुकाएको छ भन्दा भारतीय विरोधी भावना नेपाली मिडियामा छाएको थियो।वास्तवमा यी १५ जना कोरोना बम नेपाली भुमिमा छुपाइको रहिछ।एस्को विरोध कस्ले गर्ने?हामिले मोदिलाइ कट्टरपन्थी भन्न मात्र जानेका छम किनभने हाम्रा बुद्धिजीवी बर्ग नेतृत्व बर्ग सबै अजय शर्मा जस्ता छन।यिनिहरु आफ्नो शरिरमा हाती देख्दिनन अरुकोमा भुसुनो पनि देखछन।एस्तै अजय शर्मा जस्ता पाखण्डी उदारवादिले देश लुटिरहेका छन।यिनिहरुको उदारवाद आफ्नो स्वार्थमा तुरलुगं डुबेको हुन्छ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.