शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा शेष घलेको कलेजले समस्यामा परेका विद्यार्थीका लागि छुट्टयायो १० लाख डलर

शनिबार, ०६ वैशाख २०७७, ०० : ०२
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवम् अर्बपति डा.शेष घले र उनी पत्नी जमुना घलेले सञ्चालन गरेको मेलबर्न इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी) कलेजले कोरोना महामारीबाट प्रभावित विद्यार्थीहरुका लागि १० लाख डलरको सहयोग कोष स्थापना गर्ने भएको छ ।

एमआइटी कलेजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीहरुको सहयोगार्थ उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा जम्मा गरिएको रकम सोही कलेजमा एमआइटी अध्ययनरत विद्यार्थी वा फेडेरल युनिभर्सिटीको कोर्ष एमआइटीम अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गरिने जनाइएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका विदेशी विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गरिएको सो कोषमार्फत ५ सय डलरसम्म सहयोग गर्न सकिने कलेजले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजमा अहिले ४ हजारभन्दा बढी अध्ययनरत रहेका छन् । घले दम्पतिले स्थापना गरेको उक्त कलेज अष्ट्रेलियाको राम्रो कलेजमा गनिन्छ । घले केही वर्षअघि अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप