लकडाउनमा रौतहटमा बलात्कारको तेस्रो घटना : १० वर्षीया बालिका बलात्कृत
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तरगत एकजना ५५ वर्षीय पुरुषद्वारा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । रौतहटमा लकडाउनको अवधिमा भएको यो तेस्रो बलात्कारको घटना हो ।
फतुुवा बिजयपुर नगरपालिका–५ का ५५ वर्षीय वारीस अन्सारीले सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई गत राति बलात्कार गरेका हुन् ।
बिहीवार राति शौच गर्न आफ्नो घर बाहिर निस्केको बेला अन्सारीले बालिकालाई ललाई–फकाई आफू सुत्ने गोठमा लगेर करणी गरेका थिए । बालिकालाई खाज्दै गएकी पीडित बालिकाकी आमाले करणी गर्दा गर्दै रंगे हात पक्राउ गरेकी थिइन् ।
तर आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएका थिए । लगतै उनले गरेको खबरको आधारमा ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गएको थियो ।
घटनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी बिहान ३ बजे पक्राउ परेको ईन्सपेक्टर साहले जानकारी दिए ।
पिडित बालिका र पिडकको आज जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण भएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबर्जस्ती करणीबारे मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर अनुुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
-
एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी
-
मेरो अटो मोटर र्यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने
-
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट
-
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
-
आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव