प्रधानमन्त्री र उच्चस्तरीय समितिको नेतृत्वबीच बालुवाटारमा छलफल जारी
शुक्रबार, ०५ वैशाख २०७७, १८ : १८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन र यसको व्यवस्थापनका बारेमा छलफल डाकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषदका सदस्य, राष्टिय योजना आयोग लगायतका सम्बन्धित मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सहितलाई छललफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नेपालमा कोरोना भाइरस रोकथाम, लकडाउनको प्रभाव तथा असरबारे छलफल भइरहेको जनाइएको छ । लकडाउनमा राहत वितरण प्रभावकारी नभएको र राजधानीसहित देशका शहरबाट मजदुरहरु पैदलै घर हिँड्न बाध्य भएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । आजको छलफलमा पैदलै घर हिडेका मजदुरहरुको व्यवस्थापनबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना