बालबालिकाहरुका लागि फोर्डको अन्तरक्रियात्मक प्रतियोगिता सुरु, यसरी सहभागि हुन सकिन्छ

काठमाडौं– संसारभर फैलिरहेको कोरोना महामारीको कारण अहिले लकडाउन पालना गरी घरभित्र सुरक्षित तवरले रहँदै आएका बालबालिकाहरुका लागि फोर्डले अध्ययन प्रतियोगिता सुरु गरेको छ ।
यस लकडाउनमा बालबालिकाहरु विभिन्न खेलहरु खेल्दै आफ्नो समय बिताइरहेका छन् । यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङ टेल्ससँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको सुरुवात गरेको छ ।
यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त÷पुरा गर्नु पर्नेछ । प्रतिस्पर्धाको १०औँ दिन बम्पर पुरस्कार विजेता घोषणा गर्ने फोर्डले जनाएको छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ ।
प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु
१. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ ।
२. ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने ।
३. आफ्नो फेसबुक सेटिङ Publicमा राख्नु पर्नेछ । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले #fप्रयोग गरेता पनि पोष्ट प्राप्त नहुन सक्छ)
४. अरु १० अभिभावकहरुलाई Tag गरी पोष्ट गर्नु पर्नेछ ।
५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला ।
६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ ।
७. प्रतिस्पर्धाका विजेता 4C–Creativity, Concept, Content, Clarity को आधारमा गरिनेछ ।
८. प्रतिस्पर्धा १७ अप्रिल (आज)बाट शुरु भएको छ । हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १०ः०० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा