शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकाहरुका लागि फोर्डको अन्तरक्रियात्मक प्रतियोगिता सुरु, यसरी सहभागि हुन सकिन्छ

शुक्रबार, ०५ वैशाख २०७७, १८ : १०
शुक्रबार, ०५ वैशाख २०७७

काठमाडौं– संसारभर फैलिरहेको कोरोना महामारीको कारण अहिले लकडाउन पालना गरी घरभित्र सुरक्षित तवरले रहँदै आएका बालबालिकाहरुका लागि फोर्डले अध्ययन प्रतियोगिता सुरु गरेको छ ।

यस लकडाउनमा बालबालिकाहरु विभिन्न खेलहरु खेल्दै आफ्नो समय बिताइरहेका छन् । यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङ टेल्ससँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको सुरुवात गरेको छ ।

यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त÷पुरा गर्नु पर्नेछ । प्रतिस्पर्धाको १०औँ दिन बम्पर पुरस्कार विजेता घोषणा गर्ने फोर्डले जनाएको छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ ।

प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु
१.    बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ ।
२.    ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने ।
३.    आफ्नो फेसबुक सेटिङ Publicमा राख्नु पर्नेछ । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले #fप्रयोग गरेता पनि पोष्ट प्राप्त नहुन सक्छ)
४.    अरु १० अभिभावकहरुलाई Tag गरी पोष्ट गर्नु पर्नेछ ।
५.    आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला ।
६.    माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ ।
७.    प्रतिस्पर्धाका विजेता 4C–Creativity, Concept, Content, Clarity को आधारमा गरिनेछ ।
८.    प्रतिस्पर्धा १७ अप्रिल (आज)बाट शुरु भएको छ । हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १०ः०० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप