कोभिड–१९ विरुद्धको खोप बनाउने र राम्रो परीक्षण गर्ने दिशामा नयाँ फड्को !
दक्षिण कोरियाली वैज्ञानिकहरुले नोबेल कोरानाभाइरसको आरएनए जिनोम (कुनै प्राणीमा रहेको जीनसहित डीएनएको पूरा सेट) को ‘हाई रिसोलुसन म्याप’ (उच्च स्तरको चित्र) तयार गरेका छन् । आरएनए जिनोममा भाइरसको आनुवंशिक (जेनेटिक) जानकारीहरु संग्रहित भएका हुन्छन् । यसले वैज्ञानिकहरुलाई भाइरसको व्यवहार र जीवनचक्रबारे राम्ररी बुझ्न सहयोग पुग्ने र त्यसविरुद्धको खोपको विकास तथा सटिक परीक्षणमा सहयोगी हुने बताइएको छ ।
सोलस्थित इन्सिटिट्युट फर बेसिक साइन्समा रहेको सेन्टर फर आरएनए रिसर्चमा भी. न्यारी किम र चाङ हियेशीले नेतृत्व गरेको अनुसन्धान टोलीले यो सफलता प्राप्त गरेका हुन् । उनीहरुले कोरिया सेन्टर फर डिजिज कन्ट्रोल (केसीडीसी) सँग पनि सहकार्य गरेका थिए । केसीडीसीले अहिले कोरियामा कोभिड–१९ को वृहत् परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
‘हामीले सार्स–सीओभी–२ को हाई रिसोलुसन म्याप तयार गरेका छौँ,’ किमले नोबल कोरोनाभाइरसको वैज्ञानिक नाम लिँदै इन्सिटिट्युटबाट जारी विज्ञप्तिमा भनेकी छिन् । ‘यो म्याप (चित्र) ले भाइरस कसरी फैलिन्छ र मानिसको प्रतिरक्षा प्रणालीलाई कसरी छल्छ भन्ने देखाउँछ ।’
‘हामीले सार्स–सीओभी–२ को हाई रिसोलुसन म्याप तयार गरेका छौँ,’ किमले नोबल कोरोनाभाइरसको वैज्ञानिक नाम लिँदै इन्सिटिट्युटबाट जारी विज्ञप्तिमा भनेकी छिन् । ‘यो म्याप (चित्र) ले भाइरस कसरी फैलिन्छ र मानिसको प्रतिरक्षा प्रणालीलाई कसरी छल्छ भन्ने देखाउँछ ।’
किम दक्षिण कोरियाकी प्रसिद्ध अनुसन्धाकर्ता मध्येमा पर्छिन् । सन् २००९ को नेचर म्यागजिनका अनुसार उनी ३९ वर्षको उमेरमा नै नोबल पुरस्कारसमान मानिने हो–एम पुरस्कार जित्ने सबैभन्दा कम उमेरको वैज्ञानिकमध्ये एक बनेकी थिइन् ।
उनलाई युवा वैज्ञानिक, विशेष गरेर महिला, हरुका लागि प्रेरणा मानिन्छ । किनभने कोरियाको वैज्ञानिक जनशक्तिमा माहिलाको संख्या १९ प्रतिशत मात्र रहेको छ ।
सोल नेसनल युनिभर्सिटी चिल्ड्रेन्स अस्पतालका प्राध्यापक लि होवाङजोङका अनुसार यो अनुसन्धानले भाइरसले कस्तो प्रकारको प्रोटिन तयार गर्छ भन्ने कुराको पहिचान गर्न मद्दत पुग्नेछ जुन खोपको विकासमा सहयोगी साबित हुनेछ ।
सिंगापुर इम्युनोलोजी नेटवर्कका शीर्ष अनुसन्धानकर्ता प्राध्यापक लिसा एनजीले दक्षिण कोरियाली अध्ययनले सार्स–सीओभी–२ संक्रमणको प्याथोजेनेसिस (भाइरसको विकासक्रम) को बारेमा पहिलो स्पष्ट चित्र प्रदान गर्ने बताइन् । यसले संक्रमणको संरचना र संक्रमितको प्रतिक्रियाको बारेमा थप अध्ययन गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।
टोलीको अध्ययनलाई ‘सेल’ नामक वैज्ञानिक जर्नलमा बिहीबार प्रकाशित गरिएको थियो । यसले कोरोनाभाइरसको ‘रहस्यमय जिनोम’माथि थप प्रकाश पारेको छ ।
नोबेल कोरोनाभाइरस कोषलाई संक्रमित गरिसकेपछि संख्याबृद्धि गर्दै गरेको चित्र ।
भाइरसहरु आफै प्रजनन गर्दैनन् तर उनीहरुमा उपयुक्त जीवित कोशिका भेट्टाए पुनरावृत्ति हुने (फोटो कपीबाट धेरै प्रतिलिपि निस्किएजस्तै) गुण हुन्छ । नयाँ कोरोनाभाइरसको जिनोममा धेरै लामो रिबो न्युक्लेयिक एसिड (आरएनए) मोलिक्युलका रुपमा यसको प्रजननको तरिका संग्रहित भएको हुन्छ । यसमा ३० हजार जेनेटिक बेस वा लेटरहरु हुन्छन् ।
भाइरसहरु आफै प्रजनन गर्दैनन् तर उनीहरुले अनुकूल जीवित कोशिका भेट्टाए त्यसमा पसेर संख्याबृद्धि (फोटो कपीबाट धेरै प्रतिलिपि निस्किएजस्तै) गर्ने गुण हुन्छ । नयाँ कोरोनाभाइरसको जिनोममा धेरै लामो रिबो न्युक्लेयिक एसिड (आरएनए) मोलिक्युलका रुपमा यसको प्रजननको तरिका संग्रहित भएको हुन्छ । यसमा ३० हजार जेनेटिक बेस वा लेटरहरु हुन्छन् ।
जब भाइरसले आफ्नो शिकारको कोषमा प्रवेश गरेर संक्रमित गर्छ, यसले सबजेनोमिक आरएनए भनिने साना आरएनएहरु उत्पादन गर्छ र आरएनएलाई ठूलो संख्यामा पुनरावृत्ति गर्दछ । केही सबजेनोमिक आरएनएले भाइरल प्रोटिनहरु निर्माण गर्छ, जसले संक्रमित व्यक्तिको शरीरले भाइरसप्रति देखाउने प्रतिरोधतात्मक प्रतिक्रियालाई दबाउँछ ।
दक्षिण कोरियाली अनुसन्धानकर्ताहरुले दुई वटा पूरक अनुक्रमण (कम्प्लीमेन्टरी सिक्वेन्सिङ) प्रविधिको प्रयोग गरेका थिए । जसबाट उनीहरुले सबजेनोमिक आरएनए भाइरल प्रोटिनमा परिणत हुने सुनिश्चित गरेका थिए । उनीहरुले यसअघि अज्ञात रहेका दर्जनौँ सबजेनोमिक आरएनए पनि फेला पारेका थिए ।
‘सार्स–सीओभी–२ को विस्तृत संरचना पत्ता लगाउनबाहेक धेरै नयाँ आरएनए र भाइरल आरएनएका कयौँ अज्ञात रसायनिक परिवर्तनहरुलाई पनि पत्ता लगाएका छौँ,’ किमले भनिन् ।
‘यसमा थप अनुसन्धान आवश्यक रहे पनि यी अणुगत प्रक्रियाले कोरोनाभाइरसको तीव्र गतिमा भइरहेको विकासलाई बुझ्न सहयोग पुग्नेछ । यी परिवर्तनले के गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, यसले भाइरसलाई संक्रमितको प्रतिरोधात्मक प्रणालीलाई छल्न मद्दत गर्ने सम्भावना प्रबल रहेको छ,’ उनले भनेकी छिन् ।
सार्स–सीओभी–२ का सबै प्रोटिनहरुको बुझाइ निकै महत्त्वपूर्ण हुन्छ किनभने हरेक प्रोटिनको जानकारीले औषधी निर्माताहरुलाई यसविरुद्धको औषधी निर्माण गर्नका लागि सहयोग पु¥याउनेछ ।
यो महामारीको बीचमा हामीसँग उपलब्ध औषधीमध्ये कुनै एकले नै काम गर्न सक्छ कि भन्ने विषयलाई औषधी निर्माताहरुले प्राथमिकतामा राखेका छन् भन्ने गत महिना इकोनोमिस्टमा प्रकाशित एक आलेखमा भनिएको थियो ।
इन्सटिट्युट फर बेसिक साइन्सको वक्तव्यमा पनि साना आरएनको पहिचानले कोरोनाभाइरसलाई मानिसको प्रतिरोधात्मक क्षमतालाई हराउन नदिन औषधीका लागि सटिक लक्ष्य पहिचान गर्न सहयोगी हुने बताइएको छ ।
किमका अनुसार अब वैज्ञानिकहरुले पत्ता लगाएका नयाँ सबजेनोमिक आरएनएको कामको पहिचान र उनीहरुले गरेको परिवर्तनले भाइरसको फैलावट र प्रतिरोधात्मक क्षमतालाई दबाउन भूमिका खेलेको छ कि छैन भन्ने कुराको अध्ययन गर्नेछन् ।
किमका अनुसार अब वैज्ञानिकहरुले पत्ता लगाएका नयाँ सबजेनोमिक आरएनएको कामको पहिचान र उनीहरुले गरेको परिवर्तनले भाइरसको फैलावट र प्रतिरोधात्मक क्षमतालाई दबाउन भूमिका खेलेको छ कि छैन भन्ने कुराको अध्ययन गर्नेछन् ।
यसअघिका युरोपियन र चिनियाँ वैज्ञानिहरुले गरेका जिन सिक्वेन्सिङ अध्ययनहरुले कोरोनाभाइरसले एचआईभी जसरी म्युटेसन गर्ने देखिएको थियो । अर्थात् मानव कोषसँग बाँधिने यसको क्षमता सार्स भाइरसभन्दा १ हजार गुणा बढी रहेको देखिएको थियो ।
साउथ चाइना मोर्निङ पोष्टमा प्रकाशित पार्क चान क्योङको रिपोर्टको रातोपाटीले गरेको नेपाली अनुवाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वामदेवलाई तेस्रो मर्यादादेखि दुर्गा प्रसाईं रिहा र रविको पालो आइतबारसम्म
-
फागुन २९ बाट सुशीलको ‘आउटलः दफा २१९’ रिलिज हुने
-
फिल्म मेकिङ मास्टरक्लास सिक्स बडिज्को ’सिगरेट’ बन्यो उत्कृष्ट
-
रिहा भएपछि दुर्गा प्रसाईंले भने– मेरो लडाइँ जारी रहन्छ
-
सूर्यदर्शन सहकारी ठगी : पूरक अभियोगपत्र अदालतमा दर्ता, डेढ अर्ब बिगो दाबी
-
सिरहामा ३५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु