
सनराइज बैंकका सिइओद्वारा कोरोना परिक्षण, रिपोर्ट नेगेटिभ

काठमाडौं– सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्यालले कोरोना परिक्षण गराएका छन् ।
महामारी फैलिएसँगै विभिन्न अस्पताल तथा स्थानिय निकायमा अत्यावश्यक मेडिकल सामाग्री वितरणमा जुटेका उनीमाथि संक्रमणको जोखिम हुनसक्ने बारे चिन्ता व्यक्त भएपछि कोरोना जाँच गराएका हुन् ।
आफूमा संक्रमण भए नभएको पुष्टि गर्न बुधबार बीर अस्पताल गएर परिक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सिइओ शर्माले बताएका छन् ।
देश लकडाउन हुनुपूर्वदेखि नै अस्पतालहरुमा मेडिकल उपकरणहरु वितरण गर्न हिडेका शर्मालाई संक्रमण हुन सक्ने बारे संचार माध्यमहरुमा समाचार पनि आएको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरक्षा निकाय, अस्पताल तथा संक्रमित विरामीको उपचारमा अग्रपंतिमा रहेर काम गर्नुपर्ने चिकित्सक, नर्स तथा कर्मचारीको सुरक्षार्थ प्रयोग गरिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरणमा उनी सुरुबाटै जुटेका थिए ।
शर्मा लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैकिङ्ग सेवा सुचारु गर्नको लागि नियमित जस्तै बैंक जाने गरेका थिए । बैंकले सातै प्रदेशमा पीपीइ, मास्क, ग्लोभ्स, स्येनिटाइजरलगायतका व्यक्तिगत सुरक्षा सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।
अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंक संचालनका क्रममा नियमित बैंक जाने र परोपकारी कार्यमा संलग्न हुँदा उहाँमाथि संक्रमण भयो कि भन्ने खवरहरु बाहिर आएपनि उहाँ स्वास्थ्य रहेको बैंकका म्यानेजर रविन्द्र ढकालाले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- April 17, 2020, 4:08 p.m. Janardan Dhakalसक्ने भए गरीब जन्तालाइ ब्याज दर मा छुट दिनोस साप स्वास्थ्य सामाग्री सर्खार ले दिन्छ# पड्ने लेखा बन्ने कबि🤪!
- 0 Reply