आफ्नो पालो आउनुभन्दा पहिल्यै बोल्नुस्
प्रो. आनन्द तेलतुमडे भारतका विचारक, लेखक र म्यानेजमेन्ट गुरू हुन् । उनी भारत पेट्रोलियमका प्रबन्धक, आईआईटी कानपुरका प्रोफेसर, आईआईएएम अहमदाबादका एल्युमनी र पेट्रोलियम इन्डिया लिमिटेडका सीईओ रहिसकेका छन् । हाल उनी गोआ इन्स्टिच्युट अफ म्यानेजमेन्टमा प्रोफेसर छन् । उनलाई पुणे पुलिसले भीमा कोरेगाँवमा भएको हिंसासँग जोडेर मुद्दा हालेको छ । हरेक साल नववर्षमा हजारौंको संख्यामा दलितहरु पुणेनजिकैको भीमा कोरेगाँवमा एकत्रित भएर विजयोत्सव मनाउने गर्छन् । ब्रिटिस सेनामा संलग्न दलित सैनिकहरुले सन् १८१८ मा उच्च जातका मराठा शासकहरुलाई हराएका थिए । त्यही विजयलाई दलितहरुलाई जातको आधारमा भएको विभेदविरुद्ध भएको जितको अर्थमा विजयोत्सव मनाइन्छ ।
२०० औं जयन्तीमा उनीहरुमाथि उच्च जातका गुण्डाहरुबाट भएको हमला र हिंसालाई निहुँ बनाएर उल्टै दलित मुद्दामा क्रियाशील सामाजिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । यही क्रममा मुद्दा चलाइएका सुधा भारद्वाज, वरवर राव, वर्नन गोंजाल्विस गिरफ्तार भइसकेका छन् भने पत्रकार गौतम नवलखासँगै आनन्द तेलतुमडेलाई बैशाख २ गते समातिएको छ । उनीहरुले दलित नायक एवं भारतीय संविधानका एक मस्यौदाकार डा. भीमराव अम्बेडकर जयन्तीकै दिन नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) सामु आत्मसमर्पण गरेका छन् । तेलतुमडे डा. भीमराव अम्बेडरकी पनातिनी रमाका पति हुन् ।
सर्वोच्च अदालतले उनको जमानतको अवधि बढाउन इन्कार गरिदिएकाले उनीहरु गिरफ्तारी दिन बाध्य भएका हुन् । उनीहरुमाथि माओवादीसँग सम्पर्कमा रहेको आरोप लगाइएको छ, तर यसका लागि प्रहरीले हास्यास्पद किसिमका प्रमाणलाई आधार बनाएको छ ।
आनन्द तेलतुमडेले गिरफ्तारी दिनुअघि जनताका नाममा एउटा पत्र जारी गरेका छन् । त्यसको एक–एक शब्दले के बताउँछ भने भारत यस्तो विकट स्थितिमा फसेको छ, जहाँ असहमतिका प्रत्येक स्वरलाई देशद्रोही ठहर्याएर कुल्चिरहेको छ ।
https://www.hindustantimes.com
मसँग त्यस्तो व्यवहार भइरहेको थियो, जुन कुरा मैले खराबभन्दा खराब सपनामा पनि कल्पना गरेको थिइनँ । यद्यपि पहिलेदेखि नै मलाई थाहा थियो, म भाषण दिन जहाँ जान्छु, खासगरी विश्वविद्यालयमा, त्यहाँ पुलिसले आयोजकलाई मेरा विषयमा सोधपुछ गर्दै हैरान बनाउँथ्यो ।
मलाई थाहा छ, मेरा कुरा भाजपा–आरएसएस गठबन्धन (भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघ) र उनीहरुको पक्षमा रहेका मिडियाको नियोजित कोलाहलबीच फितलो साबित हुनसक्छन् । तर पनि मलाई के लाग्छ भने आफ्नो कुरा राख्ने मौका यही हो । यसपछि यस्तो मौका आउँछ या आउँदैन थाहा छैन ।
अगस्ट २०१८ मा जब ‘गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको फ्याकल्टी हाउजिङ कम्प्लेक्स’ स्थित मेरो आवासमा प्रहरीले छापा मार्यो, त्यसपछि मेरो दुनियाँ पूर्ण रूपमा अस्तव्यस्त भयो ।
मसँग त्यस्तो व्यवहार भइरहेको थियो, जुन कुरा मैले खराबभन्दा खराब सपनामा पनि कल्पना गरेको थिइनँ । यद्यपि पहिलेदेखि नै मलाई थाहा थियो, म भाषण दिन जहाँ जान्छु, खासगरी विश्वविद्यालयमा, त्यहाँ पुलिसले आयोजकलाई मेरा विषयमा सोधपुछ गर्दै हैरान बनाउँथ्यो ।
मलाई फेरि के लाग्थ्यो भने म र मेरो भाइमा प्रहरी झुक्किएको हुन सक्छ, जो वर्षौं पहिले घर छाडेर हिँडेको थियो ।
मैले खड्गपुरमा आईआईटी पढाउँदाको समयमा बीएसएनएलका एक अधिकारीले मलाई फोन गरे । उनले आफूलाई मेरा प्रशंसक र शुभचिन्तक भएको बताए । उनले मेरो फोन कल ट्याप हुने गरेको कुरा पनि बताए । मैले ती अधिकारीलाई धन्यवाद दिनुबाहेक अरू केही गरिनँ । कतिसम्म भने आफ्नो सिम पनि फेरिनँ ।
यद्यपि म यस्तो घुसपैठले हैरानी भएको थिएँ । तर फेरि पनि आफैँलाई के सोचेर ढाढस दिइरहेको थिएँ भने यस्तो गर्दा पुलिसले समेत म एक आम व्यक्ति हुँ र मेरो आचरणमा कुनै गडबडी नभएको थाहा पाउनेछ भन्ने थियो ।
पुलिसले प्रायःजसो नागरिक अधिकार कार्यकर्तालाई मन पराउँदैन किनभने उनीहरुले पुलिसमाथि नै प्रश्न उठाउने गर्छन् । मलाई पनि त्यस्तै सवाल उठाउने समूहको ठान्यो र पुलिसले यस्तो हर्कत गर्यो भन्ने लाग्यो । एकपटक फेरि मैले आफैँलाई ढाडस दिएँ, आफ्नो काममा व्यस्त रहने मजस्तो व्यक्तिको पछि किन लाग्नु भनेर प्रहरीले एक दिन सम्झनेछ ।
पुलिसले प्रायःजसो नागरिक अधिकार कार्यकर्तालाई मन पराउँदैन किनभने उनीहरुले पुलिसमाथि नै प्रश्न उठाउने गर्छन् । मलाई पनि त्यस्तै सवाल उठाउने समूहको ठान्यो र पुलिसले यस्तो हर्कत गर्यो भन्ने लाग्यो । एकपटक फेरि मैले आफैँलाई ढाडस दिएँ, आफ्नो काममा व्यस्त रहने मजस्तो व्यक्तिको पछि किन लाग्नु भनेर प्रहरीले एक दिन सम्झनेछ ।
तर एक दिन बिहानै मेरै संस्थानका निर्देशकको फोन आयो । उनले फोनमा प्रहरीले परिसरमा छापा मारिरहेको र उनीहरुले मेरो खोजी गरिरहेको बताए । तब म केही क्षणका लागि अवाक भएँ ।
म कार्यालयको कामको सिलसिलामा मुम्बई गएको थिएँ । मेरी श्रीमती केही समयअघि नै पुगेकी थिइन् । त्यसै दिन केही व्यक्तिको घरमा छापा मारिएको रहेछ र उनीहरुलाई गिर्फतार गरिएको रहेछ । जतिखेर मलाई यो कुरा थाहा भयो, म त रौंभरले मात्रै बचेको रहेछु भन्ने अनुभूतिले नराम्ररी हल्लिएँ ।
पुलिसलाई म कहाँ छु भन्ने थाहा थियो, त्यसैबेला मलाई गिरफ्तार गर्न पनि सक्थ्यो । तर त्यो समय मलाई किन गिरफ्तार गरेन ? यसबारे सायद पुलिसले नै बताउन सक्छ ।
पुलिसले सुरक्षा गार्डसँग जर्बजस्ती डुप्लिकेट चाबी लिएर हाम्रो घर खोल्यो र भिडियो खिचेपछि घरमा ताला लगाइदियो । यसपछि हाम्रो कठिन परीक्षाको दौड सुरु भयो । वकिलको सल्लाहमा मेरी श्रीमतीले गोवा फर्कनका लागि उपलब्ध उडान लिइन् । बिचोलम प्रहरी कालार्यलयमा एउटा गुनासो दर्ता गराइन् । पुलिसले हाम्रो अनुपस्थितिमा हाम्रो घर खोल्यो । हाम्रो अनुपस्थितिमै पुलिसले घरभित्र केही राखिदिएको भए त्यसका लागि हामी जिम्मेवार हुनेछैनौँ ।
पुलिसलाई केही सोध्न अवश्यक परेमा सम्पर्कका लागि उनले हाम्रा सबै टेलिफोन नम्बर दिइन् ।
तनावको विषय के छ भने यस घटनालाई माओवादी कोणसँग जोडेर प्रहरीले पत्रकारसँग कुराकानी गर्न थाल्यो ।
मलाई पक्राउ गरेपछि सरकारद्वारा संरक्षित सञ्चार माध्यमको सहयोगले प्रहरीले जानीजानी स्पष्ट रूपमा पूर्वाग्रह फैलाउने मनसायले मलाई यस्तो गरिरहेको थियो । यस्तो कार्य ३१ अगस्ट २०१८ को एउटा पत्रकार सम्मेलनमा पनि भयो ।
तनावको विषय के छ भने यस घटनालाई माओवादी कोणसँग जोडेर प्रहरीले पत्रकारसँग कुराकानी गर्न थाल्यो । मलाई पक्राउ गरेपछि सरकारद्वारा संरक्षित सञ्चार माध्यमको सहयोगले प्रहरीले जानीजानी स्पष्ट रूपमा पूर्वाग्रह फैलाउने मनसायले मलाई यस्तो गरिरहेको थियो । यस्तो कार्य ३१ अगस्ट २०१८ को एउटा पत्रकार सम्मेलनमा पनि भयो ।
उक्त पत्रकार सम्मेलनमा कुनै एक व्यक्तिको कम्प्युटरबाट निकालिएको पत्रलाई मेरो भनियो । अज्ञात शैलीमा लेखिएको उक्त पत्रमा मैले कुनै शैक्षणिक सम्मेलनमा भाग लिने विषय उल्लेख थियो ।
यसको जानकारी ‘अमेरिकन युनिभर्सिटी अफ पेरिस’को वेबसाइटमा पहिलेदेखि नै उपलब्ध थियो । सुरुमा यसलाई मैले हाँसेरै उडाएँ । त्यसपछि मैले यी अधिकारीविरुद्ध दिवानी र आपराधिक मानहानीको मुद्दा दायर गर्ने निधो गरेँ ।
५ सेप्टेम्बर २०१८ मा प्रक्रियाअनुसार यसको मन्जुरीका लागि एउटा पत्र महाराष्ट्र सरकारलाई पठाइयो । सरकारका तर्फबाट आजसम्म यसको कुनै जवाफ आएको छैन ।
उच्च न्यायालयले रोक लगाएपछि प्रहरीले यस्ता प्रेसवार्ता बन्द गरेको छ । यो कुनै लुकेको कुरा थिएन ।
यो पूरै प्रकरणमा आरएसएस (राष्ट्रिय स्वयंसेवक सङ्घ) को हात थियो । मेरा मराठी मित्रहरुले मलाई के भनेका थिए भने आरएसएसका हर्ताकर्तामध्ये एक रमेश पतंगेले अप्रिल २०१५ मा मलाई निशाना बनाएर त्यसको मुखपत्र ‘पाँचजन्य’मा एउटा लेख लेखेका थिए ।
यस लेखमा अरुन्धती राय र गेल ओमवेटसँगै मलाई एक ‘मायावी अम्बेडकरवादी’ भनिएको थियो । हिन्दु पौराणिक कथाअनुसार ‘मायावी’को अर्थ दानव हो, जसको संहार हुनुपर्छ ।
पुलिसले मलाई अवैध रूपमा गिरफ्तार गर्यो, त्यो पनि त्यतिबेला जब मलाई सर्वोच्च न्यायालयको संरक्षण प्राप्त थियो । गिरफ्तारको दौरान एक हिन्दुत्ववादी साइबर गिरोहले विकिपिडियामा मेरो नाममा बनेको एउटा पेजलाई संशोधित गरेर उट्पट्याङ जानकारी भरिदिए ।
यो एक सार्वजनिक पेज हो र वर्षौंदेखि यस पेजबारे मलाई कुनै जानकारी नै थिएन । उनीहरुले सबैभन्दा पहिले त यस पेजमा दिइएका सबै जानकारीलाई हटाए । त्यसमा केवल एक पङ्क्ति राखिदिए, ‘यसको भाइ माओवादी हो । उसको घरमा छापा मारिएको थियो । माओवादीको साथ र सम्बन्धकै कारण उसलाई गिरफ्तार गरिएको थियो ।’
केही विद्यार्थीले पछि मलाई जानकारी गराए– जब जब यो पृष्ठलाई कसैले पहिलेजस्तै बनाउने वा सम्पादित गर्ने कोसिस गर्थे, तब तब त्यो गिरोहले कि सबै मेटाइदिन्थ्यो या अपमानजक टिप्पणी लेखिदिन्थ्यो ।
अन्ततः विकिपिडियाले हस्तक्षेप गर्यो र उक्त पृष्ठलाई स्थिर राखिदियो, त्यो पनि उनीहरुका केही नकारात्मक सामग्रीसहित ।
आरएसएसका तथाकथित नक्सल–विशेषज्ञहरुले सञ्चार माध्यममा पनि मविरुद्ध बनावटी समाचारको बमवर्षा गर्न थाले । मैले यी च्यानलविरुद्ध इन्डिया ब्रोडकास्टिङ फाउन्डेसनसहित धेरै स्थानमा गुनासो पठाएँ, तर कहीँबाट साधारण प्रतिक्रिया समेत आएन ।
आरएसएसका तथाकथित नक्सल–विशेषज्ञहरुले सञ्चार माध्यममा पनि मविरुद्ध बनावटी समाचारको बमवर्षा गर्न थाले । मैले यी च्यानलविरुद्ध इन्डिया ब्रोडकास्टिङ फाउन्डेसनसहित धेरै स्थानमा गुनासो पठाएँ, तर कहीँबाट साधारण प्रतिक्रिया समेत आएन ।
अक्टोबर २०१९ मा के खुलासा भयो भने मसहित थुप्रै व्यक्तिका फोनमा सरकारले अत्यन्त खतरनाक जासुसी स्पाइवेयर : पेगासस लगाइदिएको रहेछ । थोरै समयका लागि यसबारे मिडियामा हङ्गामा भयो, तर यति सङ्गीन घटना चाँडै नै जलेर सकियो ।
म एक साधारण व्यक्ति हुँ । आफ्नो लेखनबाट क्षमताले भ्याएसम्म मानिसहरुलाई ज्ञान बाँडेर उनीहरुलाई मद्दत गर्दै इमानदारीपूर्वक आफ्नो रोजीरोटी कमाउँछु ।
करिब ५ दशक अघिदेखि मेरो स्वच्छ छवि छ । शिक्षक, नागरिक अधिकार कार्यकर्ता र सार्वजनिक बुद्धिजीवीका रूपमा यो देशको सेवा गरेको छु ।
मैले ३० भन्दा बढी पुस्तक र अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित कैयौँ पत्र, लेख, टिप्पणी, स्तम्भ लेखेको छु । तिनमा कुनै पनि खालको हिंसा वा कुनै पनि विध्वंशक आन्दोलनको समर्थन गर्दै लेर्खिएको एक शब्द पनि खोज्न सकिँदैन ।
तर पनि जीवनको अन्त्यतिर आइपुग्दा ममाथि यूएपीए अर्थात् आतङ्कवादविरोधी कानुन १९६७ अन्तर्गत गम्भीर अपराधको आरोप लगाइएको छ ।
के निश्चित छ भने मजस्तो व्यक्तिले सरकारको तीव्र प्रचार र उसको अधीनमा रहेका सञ्चार माध्यमको सामना गर्न सक्दिनँ । यस मामिलासम्बन्धी विवरण इन्टरनेटमा फिँजाइएको छ । यस पूरै मामिलालाई कस्तो अनाडीपन र आपराधिक तरिकाले रचिएको छ भन्ने कुरा सम्झन कुनै पनि व्यक्तिलाई धेरै गाह्रो हुँदैन ।
यसबारे अल इन्डिया फोरम फर राइट टु एजुकेसनको वेबसाइटमा एउटा टिप्पणी उपलब्ध छ । तपाईंहरुको जानकारीका लागि त्यसको सारांश यहाँ लेख्न चाहन्छु–
पुलिसले यस मामिलामा पक्राउ परेका २ व्यक्तिको कम्प्युटरबाट कथित रूपमा १३ वटा पत्र बरामद गरेको छ । मलाई तीमध्ये ५ पत्रको आधारमा फँसाइएको छ । मसँग केही पनि बरामद भएको थिएन ।
यी पत्रमा ‘आनन्द’ नाम उल्लेख भएको रहेछ । आनन्द नाम भारतमा अत्यन्त प्रचलित छ । प्रहरीले बिनाशंका त्यो आनन्द मै हुँ भन्ने ठानिदियो ।
यी पत्रको शैली र सामग्रीलाई विशेषज्ञ र सर्वोच्च न्यायालयका एक न्यायाधीशले रद्दी भनिदिएका छन् । पूरै न्यायपालिकामा केवल यी एक न्यायाधीश थिए जसले प्रमाणको प्रकृतिको कुरा गरे । यी पत्रको विषयवस्तुमा यस्तो कुनै पनि चिज छैन जसको आधारमा यसलाई सामान्य अपराध मान्न सकियोस् ।
यी पत्रको शैली र सामग्रीलाई विशेषज्ञ र सर्वोच्च न्यायालयका एक न्यायाधीशले रद्दी भनिदिएका छन् । पूरै न्यायपालिकामा केवल यी एक न्यायाधीश थिए जसले प्रमाणको प्रकृतिको कुरा गरे । यी पत्रको विषयवस्तुमा यस्तो कुनै पनि चिज छैन जसको आधारमा यसलाई सामान्य अपराध मान्न सकियोस् ।
तर यूएपीएजस्ता अधिनियमको कठोर प्रावधानको उपयोग गर्दै मलाई जेल पठाइँदै थियो, जसअन्तर्गत आरोपितलाई बचाउ समेत गर्न पाउँदैन ।
यहाँहरुले यस पूरै घटनालाई यसरी बुझ्न सक्नुहुन्छ :
अचानक पुलिसको एउटा जत्था तपार्इंको घरमा आउँछ र कुनै वारेन्टबिना नै घरका सबै कुराको तलासी गर्दै यताउता फाल्न थाल्छ । यस्तो कारबाहीपछि तपाईंलाई गिरफ्तार गरेर जेलमा हालिन्छ ।
अदालतमा पुलिसले के भन्छ भने एक्सएक्सएक्स स्थान (भारतको कुनै पनि स्थान हुनसक्छ) मा पुलिसले चोरीको मामिलाको जाँच गर्दाको समय वाईवाईवाई नामको व्यक्ति (यी व्यक्तिको नाम जे पनि हुनसक्छ) बाट एक पेन ड्राइभ या एक कम्प्युटर बरामद भएको थियो । त्यहाँ केही यस्ता पत्र भेटिए, जसलाई एउटा प्रतिबन्धित सङ्गठनका कथित एक सदस्यले लेखेका थिए । तर यस पटकमा जेटजेटजेट नामका व्यक्तिको उल्लेख थियो र पुलिसका अनुसार यी जेटजेटजेट नामका व्यक्ति तपाईं नै हुनुहुन्छ, अरू कोही होइन ।
अचानक तपार्इंलाई के थाहा हुन्छ भने तपाईंको दुनियाँ उल्टिसकेको छ । तपाईंको जागिर जान्छ, तपाईंको परिवारसँगै घर खोसिन्छ, मिडियाले तपाईंलाई गाली गर्न सुरु गर्छन् र तपाईं केही गर्न सक्ने अवस्थामा हुनुहुन्न ।
पुलिसले न्यायाधीशसामु केही बन्द कागज प्रस्तुत गर्छ । न्यायाधीशलाई के यकिन दिलाइन्छ भने प्रत्यक्षतः तपाईंविरुद्ध एक मुद्दा बन्छ र सोधपुछका लागि पुलिसले हिरासतमा राख्न माग गर्छ ।
कुनै बहस हुँदैन, तपाईंद्वारा प्रस्तुत कुनै प्रमाणलाई ध्यान दिइँदैन र न्यायाधीशले तपाईंका प्रमाणलाई मुद्दाको कारबाहीका दौरान देखाइनेछ भन्छन् ।
कठघारामा सोधपुछ गरेपछि तपाईंलाई जेल पठाइन्छ । तपाईंले जमानतको उजुरी दिए पनि अदालतद्वारा खारेज हुन्छ ।
यी तथ्यले के बताउँछन् भने यस्ता मामिलामा तपाईंलाई जमानत पाउन वा रिहा हुन ४ देखि १० वर्षसम्म लाग्नसक्छ । र, यस्तो घटना जोकोहीसँग साँच्चै नै हुनसक्छ ।
‘राष्ट्र’का नाममा बनाइएको यस्तो कठोर कानुनले निर्दोष मानिसलाई उनीहरुको स्वतन्त्रता र सबै संवैधानिक अधिकारबाट वञ्चित गरिदिन्छ । राजनीतिक वर्गद्वारा ध्रुवीकरणको मानसिकताले कट्टरता र अन्धराष्ट्रवादलाई हतियार बनाएर असहमतिको स्वरलाई कुल्चने काम हुँदैछ ।
‘राष्ट्र’का नाममा बनाइएको यस्तो कठोर कानुनले निर्दोष मानिसलाई उनीहरुको स्वतन्त्रता र सबै संवैधानिक अधिकारबाट वञ्चित गरिदिन्छ । राजनीतिक वर्गद्वारा ध्रुवीकरणको मानसिकताले कट्टरता र अन्धराष्ट्रवादलाई हतियार बनाएर असहमतिको स्वरलाई कुल्चने काम हुँदैछ ।
बृहत् रूपमा फैलिएको यो उन्मादले विचलनको प्रक्रिया पूरा गर्दै शब्दका अर्थलाई उल्ट्याएर राखिदिएको छ । राष्ट्रका विध्वंशक अब देशभक्त हुन् र मानिसका निःस्वार्थ सेवक देशद्रोही !
म के देख्दैछु भने मेरो भारत नष्ट भइरहेको छ । यो विकट समयमा सानो आशाका साथ म तपार्इंलाई यो पत्र लेख्दैछु । खैर, म एनआईएको हिरासतमा जाँदैछु । अब मैले फेरि कहिले कुरा गर्न पाउनेछु, थाहा छैन ।
यद्यपि मलाई पूर्ण आशा छ, तपाईं आफ्नो पालो आउनुभन्दा पहिले अवश्य बोल्नुहुनेछ ।
mediavigil बाट अनुदित Title Photo: https://countercurrents.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह