च्याम्पियन्स लिगको फाइनल अगस्ट अन्तिममा

एजेन्सी : युरोपियन फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिग फुटबलको फाइनल खेल अगस्टको अन्तिम साता आयोजना गर्ने भएको छ ।
कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित गरिएको च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २९ तारिख गर्ने युईएफएको योजना छ ।
यसको अन्तिम निर्णय यही अप्रिल २३ तारिख बस्ने युईएफए कार्यसमितिको बैठकले तय गर्ने बताईएको छ । च्याम्पियन्स लिगको फाइनल खेल टर्कीको इस्तानबुलमा र युरोपा लिगका फाइनल त्यसको तीन दिनअघि सक्ने तयारी युईएफएको छ ।
युईएफएले युरोपियन शीर्ष लिगहरुको बारेमा पनि छलफल गर्ने बताईएको छ । युईएफएले च्याम्पियन्स लिगका लागि दुई विकल्प सहित छलफल गर्ने तयारी पनि गरेको छ । पहिलो योजना च्याम्पियन्स लिगको नकआउट चरण नियमित रुपमा गर्ने र जुलाईमा क्वार्टरफाइनल र अगस्टमा फाइनल गर्ने छ ।
यदि यो सम्भव नभएमा सिजनको अन्तिमतिर सानो आकारको च्याम्पियन्स लिग गर्ने रहेको छ । च्याम्पियन्स लिगमा अझै क्वार्टरफाइनलका चार खेल बाँकी नै छ । युरोपा लिगमा पनि अन्तिम १६ को दोस्रो चरणको खेल पूरै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक