शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनद्वारा ऊहानमा कोरोनासंक्रमित मृतकको संशोधित आँकडा जारी

शुक्रबार, ०५ वैशाख २०७७, १० : ३८
शुक्रबार, ०५ वैशाख २०७७

चीनको ऊहान शहरमा संक्रमणका कारण मृत्यु हुनेको संशोधित आँकडा जारी गरिएको छ ।

ऊहान शहरबाटै कोरोनाभाइरस सुरु भएको थियो र त्यसपछि यो संसारभरी फैलियो ।

सुरुमा चीनले ऊहान शहरमा २६ सय ६० को मृत्यु भएको बताएको थियो तर संशोधित आँकडाका अनुसार ऊहानमा १२ सय ९ जना थप व्यक्तिको मृत्यु भएको थियो ।

अर्थात् ऊहानमा मृतकको कूल संख्या ३८ सय ६९ पुगेको छ ।

पछिल्लो आँकडाको तुलनामा नयाँ आँकडा करिब ४५ प्रतिशत बढी छ ।

बीबीसीका रोबिन ब्रेन्टका अनुसार अस्पताल बाहिर मृत्यु भएका र मृतकको जानकारी ढिला गरी आएकाहरुलाई पनि समावेश गर्दा मृतकको संख्यामा बढोत्तरी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप