तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

काठमाडौं –देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् ।
यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह ग¥यो तर व्यापारीले भने महानगरको निर्णयलाई निरन्तरता दिएनन् ।
महानगरले तरकारी बिक्रीका अस्थायी बिक्री केन्द्र कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण चोक, लैनचौर, तीनकुने, कोटेश्वर र रत्नपार्कमा व्यवस्था गरेको छ । तीमध्ये कलङ्की, स्वयम्भू र वनस्थली चोकबाट गएको बिहीबारदेखि निरन्तर तरकारी बिक्री भए पनि अन्य स्थानबाट तरकारी बिक्री हुनसकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी