बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।
लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।
धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए । उनी पूर्व गोर्खा सैनिक समेत हुन् ।
उनका एक छोरा भने अष्ट्रेलियामा बस्दै आएका छन् । बुधबार नै कोरोनाको संक्रमणबाट अर्का ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो ।
त्यस्तै बेलायतस्थित ननिटनमा बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको छ । उनको मृत्यु कोरोनाकोसंक्रमणबाट भनिएपनि पुष्टि हुन भने बाकिँकी नै छ । बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुमा भूपू गोर्खामात्र १ दर्जन नाघिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)
-
विमलराज र शान्तारानीको गीतमा नाचे हङकङबासी नेपाली
-
एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर
-
प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने (क्यालेण्डरसहित)
-
दश वर्षपछि उस्तै समयमा भूकम्पको झड्का
-
सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य