शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का नेपालीको मृत्यु

बिहीबार, ०४ वैशाख २०७७, १४ : १४
बिहीबार, ०४ वैशाख २०७७

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । 

लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो । 

 स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।

 धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए । उनी पूर्व गोर्खा सैनिक समेत हुन् । 

उनका एक छोरा भने अष्ट्रेलियामा बस्दै आएका छन् । बुधबार नै कोरोनाको संक्रमणबाट अर्का ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो ।

 त्यस्तै बेलायतस्थित ननिटनमा बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको छ । उनको मृत्यु कोरोनाकोसंक्रमणबाट भनिएपनि पुष्टि हुन भने बाकिँकी नै छ । बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुमा भूपू गोर्खामात्र १ दर्जन नाघिसकेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप