शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के हो एन्टीबडी परीक्षण र कोरोना भाइरस महामारीमा यसको कस्तो भूमिका रहन्छ ?

लक्षण नै नदेखिएका संक्रमितले सोचेभन्दा विकराल रुपमा कोरोना भाइरस फैलाइरहेको हुनसक्छ
बिहीबार, ०४ वैशाख २०७७, १३ : ३८
बिहीबार, ०४ वैशाख २०७७

मालोरी सिमोन र जिना यु

कोरोना भाइरस महामारीले ल्याएको ‘घरमै बस्ने’ निर्देशिका र सामाजिक दूरीको अभ्यास कहिले समाप्त होला भनेर व्यग्रताका साथ संसारले प्रतीक्षा गरिरहेको छ, यो कुराको समाधानमा एन्टीबडी परीक्षणलेसहयोग गर्नसक्छ भन्ने आशा केहीले गरेका छन् ।

एन्टीबडी परीक्षण कोरोना भाइरसको सक्रिय संक्रमण पत्ता लगाउनका लागि होइन । त्यो त रगतको नमूनामार्फत शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन प्रणाली)मा एन्टिबडिज नामक प्रोटिन जाँच्न मात्रै हो ।

रगतमा एन्टिबडिज देखिनुको अर्थ भाइरससँगको सम्पर्कमा आएको मानिसले यसविरुद्ध लड्ने क्षमता विकास गरिसकेको छ भन्ने हो, अर्थात् ती व्यक्तिसँग कम्तिमा केही इम्युनिटी हुनसक्छ भन्ने हो । विज्ञहरु यो इम्युनिटी कति शक्तिशाली हुन्छ र कति समयसम्म रहन्छ भन्ने विषयमा अझै विश्वस्त भने छैनन् ।

‘केही साता वा यस्तै अवधिमा हामी अहिले उपलब्ध भइरहेको एन्टिबडी  परीक्षण ठूलो संख्यामा गर्नेछौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगका निर्देशक डाक्टर एन्थोनी फाउचीले सीएनएनसँग गत शुक्रबार भनेका छन् ।

ठिक विपरीत, अहिलेसम्म डायगोनोस्टिक परीक्षणका लागि प्रायजसो पोलिमेरेस चेक रियाक्सन टेस्ट वा पिसिआर टेस्ट नामक ल्याबोरेटरी प्रविधि प्रयोग हुने गरेको छ ।

यस्तो परीक्षणले स्याम्पलमार्फत सक्रिय संक्रमण पहिचान गर्नसक्छ, प्राय नाकको स्वाबबाट ।

यहाँ कोभीड–१९ र एन्टिबडी  परीक्षणबारेका ५ जिज्ञासाको जवाफ खोज्ने कोशिश गरिएको छ ।

के नोबेल कोरोना भाइरसको एन्टीबडी परीक्षण उपलब्ध छ ?

डाक्टर एन्थोनी फाउची https://media.voltron.voanews.com

‘केही साता वा यस्तै अवधिमा हामी अहिले उपलब्ध भइरहेको एन्टिबडी  परीक्षण ठूलो संख्यामा गर्नेछौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगका निर्देशक डाक्टर एन्थोनी फाउचीले सीएनएनसँग गत शुक्रबार भनेका छन् ।

‘केही साता वा यस्तै अवधिमा हामी अहिले उपलब्ध भइरहेको एन्टिबडी  परीक्षण ठूलो संख्यामा गर्नेछौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगका निर्देशक डाक्टर एन्थोनी फाउचीले सीएनएनसँग गत शुक्रबार भनेका छन् ।

तर यसको अर्थ उनीहरु अहिल्यै तयार छन् भन्ने होइन । अमेरिकी खाद्य तथा औषधि विभाग (एफडिए) ले अहिलेसम्म कोराना भाइरसको कुनै पनि एन्टीबडी टेस्टलाई स्वीकृति दिएको छैन, सिवाय–एक । सेलेक्सले तयार गरेको यो परीक्षण विधिलाई इमर्जेन्सी अवस्थाका लागि स्वीकृति दिइएको छ ।

अन्य कम्पनीले पनि गत महिनादेखि कार्यान्वयनमा भएको नयाँ एफडिए नीतिअन्तर्गत आफ्नै भर्सनका परीक्षण सामाग्री उत्पादन गरेका छन्, यस नीतिले कम्पनीहरुलाई एन्टीबडी परीक्षणको निर्माण र वितरणमा सहज बनाउनेछ ।

यद्यपि अब, एफडिएले नयाँ नीतिलाई कडा बनाउदैंछ र ती ल्याब परीक्षणको डाटा रिभ्यु गर्दैछ, जसले कोभीड–१९ एन्टिबडिज पत्ता लगाउनसक्ने दाबी गरेका छन् । एशोसियसन अफ पब्लिक हेल्थ ल्याबोराटोरेजका अध्यक्ष स्कट बेकरले यस विषयमा एफडिए अधिकारीहरुसँग मंगलबार बिहान पनि छलफल भएको जानकारी दिएका छन् ।

यसअघि, नीति जारी भएयता ९० वटाभन्दा बढी डेभलपर एन्टिबडी टेस्टसहित अगाडि आइसकेको एफडिएले जनाएको छ ।

नयाँ नीतिअन्तर्गत जब निर्माताले एफडिएलाई परीक्षण वैध भएको जानकारी गराउँछन्, तब यसको प्रयोग र वितरण गरिनेछ । तर, एफडिएबाट स्विकृतिप्राप्त भएको दाबी ती कम्पनीले गर्न पाउनेछैनन् ।

के एन्टीबडी परीक्षण सही छ ?

एफडिएको स्वीकृति नपाएसम्म विश्वसनीयता प्रमाणित गर्न आवश्यक प्रक्रिया पूरा भएको मानिदैंन र यसले सरोकार बढाएको छ ।

बेकरले धेरैजसो परीक्षण खराब हुने बताएका छन् । उनको एशोसियसनले अमेरिकाका १ सय २५ राज्य, काउन्टी र गाउँस्तरीय जनस्वास्थ्य ल्याबको प्रतिनिधित्व गर्छ ।

यी ल्याबसँगै निजी ल्याब पनि परीक्षण सञ्चालनका लागि जिम्मेवार हुनेछन् । तर बेकरले सुरुवातमा उनको ल्याबले बजारमा विद्यमान परीक्षण नगर्न पनि सक्छ भनेका थिए किनकि उनी गलत नतिजाबारे चिन्तित थिए । यसले मानिसलाई कोरोना भाइरस प्रतिरोधी छु भनेर गलत बुझाउने र काममा फर्कन वा सामाजिक दूरी कायम गर्ने कार्य रोक्न प्रोत्साहित गर्न सक्थ्यो । ‘यस्तो अवस्था केही खतरनाक हुनसक्छ,’ बेकरले भनेका छन् ।

बेकरले एन्टीबडी टेस्टको गुणस्तरलाई लिएर आफ्नो चिन्ता अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका डाक्टर ब्रेट गिरोइर र एफडिए कमिस्नर डाक्टर स्टेफेन हानसँग शेयर गरेको पनि बताएका थिए ।

त्यसक्रममा, हानले राष्ट्रिय क्यान्सर इन्स्टिच्युट (एनसीआई) ले बजारमा विद्यमान परीक्षणबाट डाटा रिभ्यु गर्न सुरु गर्ने र त्यहाँ सही नतिजा आए–नआएको हेर्ने जानकारी दिएको बेकरले सीएनएनसँग बताए ।

ब्रेट गिरोइरले अहिलेका परीक्षणको विश्वसनीयता जाँच गर्ने काम प्राथमिकतामा पर्ने बताए, तर सबै जाँच गुणस्तरीय हुन नसक्ने पनि उनले बताए ।

‘बजारमा अहिले रहेका केही एन्टीबडी परीक्षणलाई वैधता दिनका लागि एफडिए, सीडीसी, एनआईएचले  ठूलो एकीकृत प्रयास गरेका छन् । र, ती सबै परीक्षणले राम्ररी काम गर्न सक्दैंनन् भनेर विश्वास गर्न सकिने आधार हामीसँग छन्,’ उनले ह्वाइट हाउसमा आयोजित बिफ्रिङमा गत साता भनेका थिए, ‘हामी यो पक्का गर्नका लागि धेरै गम्भीर छौं कि जब हामीले तपाई रोगबाट प्रतिरोधी हुन सक्नुहुन्छ भन्छौं, त्यतिबेला टेस्टले साँच्चै त्यस्तो भनेको होस् ।’

के तपाई कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ भन्ने तपाईंलाई  नै थाहा नहुन सक्छ ?

केही तहको इम्युनिटीको संकेतसँगै कोभीड–१९ एन्टिबडिजको उपस्थितिले ती व्यक्तिको पहिचानमा पनि सहयोग गर्नसक्छ, जो संक्रमित भएर पनि आफूसँग रोग भएको कहिल्यै महसुस गरेका छैनन् ।

सुरुवाती अनुसन्धानले देखाएअनुसार ठूलो संख्याका मानिसहरुमा कोरोनाभाइरस संक्रमणका सामान्य लक्षण वा अरु कुनै लक्षण नदेखिनसक्छ र यस्तै समुहका कारण पहिले सोचेभन्दा विकराल रुपमा यो भाइरस फैलिरहेको हुनसक्छ । ‘त्यस्ता व्यक्ति हुनसक्छन् र मेरो आशंकामा संक्रमित भएर पनि लक्षण नदेखिएका र संक्रमणबारे आफैं थाहा नपाएका मानिस धेरै संख्यामा होलान्,’ एनबीसीसी न्युजको टुडे शोमा सोधिएको ‘एन्टीबडिज परीक्षण किन महत्वपूर्ण छ’ भन्ने प्रश्नको जवाफमा फाउचीले भर्खरै भनेका थिए ।

कोभीड–१९ बाट संक्रमित भएर पनि यसको लक्षण नदेखिएका अमेरिकीहरु कति छन् भनेर पत्ता लगाउन गरिने अध्ययनका लागि शुक्रबार नेशनल इन्स्टिच्युट अफ हेल्थले १० हजारसम्म स्वयमंसेवक जुटाउन लागेको घोषणा गरेको छ ।

‘यो महत्वपूर्ण डाटाले हाम्रो जनस्वास्थ्यमा हामीले गरेका प्रयासको प्रभाव मापन गर्न सहयोग गर्छ र कोभीड–१९ रेस्पोन्सलाई अगाडि बढाउन निर्देशन गर्छ, फाउचीले विज्ञप्तीमा भनेका छन् ।

कोसँग एन्टीबडिज छ भनेर ठ्याक्कै थाहा पाउँदा पनि कोभीड–१९ को उपचारमा सहयोग पुग्नसक्छ ।

यसका लागि कोन्भलेस्सेन्ट प्लास्मा (कोभीड–१९ बाट निको भइसकेको व्यक्तिबाट एन्टिबडिज झिक्ने र बिरामी व्यक्तिलाई लगाइदिने) विधि प्रयोग गरेर  क्लिनिकल परीक्षण भइरहेको छ ।

‘एन्डिबडिज कसबाट झिक्ने भनेर तपाईंले सम्भावित रुपमा कसरी थाहा पाउनुहुन्छ, उनीहरुकै परीक्षण भइसकेको छैन भने ?’ तपाईले (कन्भालेस्सेन्ट प्लास्मा) लाई वास्तविक थेरापीका रुपमा स्केल गर्ने प्रयासबारे कुरा गर्दै हुनुहुन्छ भने, तपाईले को व्यक्ति दाता हुनसक्छ भनेर पत्ता लगाउन सामुहिक परीक्षण गर्नुपर्छ,’ एनवाईयु स्कुल अफ मेडिसिनका औषधी र संक्रामक रोगका  प्रोफेसर सेलिन गाउन्डरले सीएनएनसँग भने ।

कोराना भाइरसविरुद्धको इम्युनिटी कति लामो समय रहन्छ ?

कोभीड–१९ एन्डिजबडिज भएकाहरुसँग यस रोगविरुद्धको प्रतिरोधी क्षमता पनि हुनसक्छ । तर, इम्युन रेस्पोन्स कति शक्तिशाली हुनसक्छ वा कति समयसम्म रहनसक्छ भन्ने अस्पष्ट छ ।

‘ हामीले मेर्स कोरोना भाइरस हेर्‍यौं भने यसको एन्डिबडी भएका व्यक्तिमा १० महिना वा १ वर्षसम्म रेस्पोन्स देख्नसक्छौं,’ कोभीड–१९ को रेस्पोन्सका लागि विश्व स्वास्थ्य संगठनको प्राविधिक टोलीको नेतृत्व गरिरहेकी डाक्टर मारिया भान केर्कहोभले सीएनएनसँग भनिन्, ‘त्यो पनि पक्का सुरक्षित छ भन्ने हामीलाई थाहा थिएन । त्यसैले अहिलेको भाइरस (कोभीड–१९) का हकमा अहिल्यै दिन सकिने जवाफ छैन  । अध्ययनहरु भने हुँदैछन् ।’

‘प्रभावकारी भ्याक्सिन उपलब्ध नभएसम्मका लागि कोभीड १९ ले दिने इम्युनिटीले पुलको काम गर्नसक्नेबारे विचार गर्न सकिन्छ,’ भ्यान्डरविल्टस्थित संक्रामक रोगका विशेषज्ञ डाक्टर विलियम सेचाफ्नरले सीएनएनसँग इमेलमा भने, ‘यसपछि पनि वार्षिक रुपमा भ्याक्सिन दिनुपर्ने हुनसक्छ ।’ उनले ठोस तथ्य पत्ता लाग्न बाँकी रहेको र यी सबै अनुमानमात्रै रहेको पनि औल्याए ।

‘भाइरसको चरित्रअनुसार पनि उत्तर निर्भर हुनसक्छ, जुन अहिलेसम्म हामीलाई थाहा छैन,’ सिकागोस्थित रस युनिभर्सिटी मेडिकल सेन्टरका संक्रामक रोगका प्रोफेसर तथा एशोसियन मेडिकल अफिसर डाक्टर बाला होताले भने ।

‘हामीले नोबेल कोरोना भाइरसबाट संक्रमित घाउको जेनेटिक प्रोफाइलमा  कतिसम्म विविधता देख्ने अपेक्षा गर्नसक्छौं, यसमा केही पक्ष निर्भर गर्छ । भाइरस नयाँ भएकाले अहिलेसम्म हामीसँग डाटा छैन,’ बालाले इमेलमा भनेका छन् ।

सामाजिक दूरी अन्त्य गर्न एन्टीबडी परीक्षणले कसरी सहयोग गर्छ ?

को व्यक्तिसँग केही इम्युनिटी छ भन्ने निर्क्योल एन्टीबडी परीक्षणमार्फत गरेपछि मानिसलाई काममा फर्कनेबारे सुरक्षित महसुस गराउन सहयोग मिल्छ ।

सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको न्युर्योक शहरका गर्भनर एन्ड्रियु कुमो एन्टीबडी परीक्षणबाट भाइरसका कारण अवरुद्ध बनेको शहरको जीवन सुचारु हुनसक्ने उनले देखेका छन् ।

‘न्युयोर्कले आफ्नै एन्टीबडी परीक्षण प्रक्रिया विकास गरेको छ र स्वास्थ विभागले राज्यभित्र यसको प्रयोगका लागि स्वीकृति दिएको छ र यसलाई ठूलो परिमाणमा लैजानका लागि एफडिएसँग मिलेर काम भइरहेको छ,’ गत साता सामाजिक सञ्जालमा उनले लेखेका थिए ।

‘हामीलाई थाहा छ, परीक्षण बिना फेरि जीवन सुचारु हुनेछैन,’ कुमोले ट्वीटरमा लेखेका थिए ।

देशलाई फेरि कसरी खुला गर्न सकिन्छ भन्ने योजना बनाउन संलग्न पूर्व एफडिए कमिस्नर डाक्टर स्कट गोट्लियबले एन्टीबडी परीक्षणले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । यस योजनाको सुझावअनुसार काममा फर्कने मानिसको क्षमतामा परीक्षणको महत्वपूर्ण भूमिका रहनेछ, विशेषगरी स्वास्थ र हेरचाहमा खटिएका क्षेत्रमा ।

यसले परीक्षणका कतिपय महत्वपूर्ण विषयमा धेरैलाई जानकारी नभएको पनि औल्याएको छ । पोजेटिभ टेस्टको वास्तविक अर्थ के हो ? र त्यो कति विश्वसनीय छ ? भन्नेजस्ता महत्वपूर्ण सवालको जवाफ पनि धेरैलाई थाहा छैन ।

जब सबै सवालको सम्बोधन हुनेछ र परीक्षण क्षमता बढाइनेछ, तब ‘यी परीक्षणको पर्फमेन्स सुधार हुनेछ’ र संघीय तथा राज्य सरकारलाई परीक्षण मापदण्ड स्थापना गर्न र कसले परीक्षण गर्ने भन्ने प्राथमिकता निर्धारण गर्न सहज हुनेछ –योजनामा उल्लेख छ ।

एन्टीबडी परीक्षणले नमूना संकलन र  भविष्यमा आउने कोभीड–१९ का नतिजा अनुमान लगाउन महत्वपूर्ण डाटा पनि उपलब्ध गराउनसक्छ ।

एन्टीबडी परीक्षणले अमेरिकामा कोरोना भाइरस कतिसम्म फैलिएको छ भन्ने खुलासा  पनि गर्नसक्ने फाउचीले ब्रिफिङका क्रममा बताएका छन् । ‘र, जब अवस्था सामान्यमा फर्कन्छ, त्यतिबेला हामीले ‘के हुँदैछ’ भन्ने सामना गर्नुपर्छ । हामीसँग पहिचान गर्ने, आइशोलेट गर्ने, सम्पर्क निगरानी गर्नेलगायत क्षमता हुनुपर्छ, जसकारण यो कहिल्यै हातबाट उम्कन नसकोस् ।’

सीएनएनमा प्रकाशित सामग्रीको रातोपाटीका लागि अन्वेषण अधिकारीको अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप