चीनको अर्को शहरले लगायो कुकुर–बिरालोको मासुमा प्रतिबन्ध
बिहीबार, ०४ वैशाख २०७७, १० : ५१

चीनको अर्को एउटा शहरले कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण यो निर्णय लिइएको हो ।
जुहाई शहरमा यो प्रतिबन्ध मे १ देखि लागू हुनेछ ।
यसअघि हङ्गकङको निकट शहर शेन्जेनले पनि कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको थियो ।
यो निर्णयलाई पशु अधिकारकर्मीले स्वागत गरेका छन् । उनीहरुले कोरोनाभाइरस महामारीपछि चीनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाउने कुरामा आशावादी भएको बताएका छन् ।
ह्युमन सोसाइटी इन्टरनेशनलका अनुसार एशियाभरी हरेक वर्ष करिब तीन करोड कुकुरलाई मासुका लागि मारिन्छ ।