‘मेस्सीको खेलजीवन बार्सिलोनामै अन्त्य हुनेछ’

अर्जेन्टिना एवम् बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने समाचारले पछिल्लो समय विश्व फुटबल तरंगित बन्दै आएको छ । केही दिन अघि मेस्सी इटालियन सिरि ‘ए’ क्लब इन्टर मिलान जान लागेको समाचार भाइरल भएको थियो । मेस्सीले उक्त समाचार भ्रामक भएको प्रतिक्रिया दिइसकेका छन् । मेस्सीले बार्सिलोनाबाहेक आफूले कहीँ नसोचेको पटक–पटक बताउँदै पनि आएका छन् ।
यसैबीच बार्सिलोनाका मुख्य प्रशिक्षक क्वीक सेटिनले मेस्सीको खेलजीवन बार्सिलोनामै अन्त्य हुने बताएका छन् । स्पेनिस टेलिभिजनसँगको कुराकानीमा सेटिनले मेस्सीले बार्सिलोनाबाहेक अन्त कतै नसोच्ने पनि बताए । ‘मेस्सी जस्ता खेलाडीले क्लबमा बस्नेबारे पुनर्विचार गर्नुपर्छ भन्ने मलाई लाग्दैन । मलाई पक्का विश्वास छ उनी क्याम्प नाउमा आफ्नो खेलजीवन समाप्त गर्न चाहन्छन्,’ सेटिनले भने ।
बार्सिलोनाकै एकाडेमीमा हुर्किएका मेस्सीले क्लब फुटबलमा सबैखाले उपलब्धि हात पारेका छन् । ३२ वर्षीय उनी बार्सिलोनालाई आफ्नै घर ठान्छन् । सर्वाधिक ६ पटक बालोन डी’ओर विजेता मेस्सीको अगुवाइमा बार्सिलोनाले यसपटक पनि ला लिगा उपाधि जित्ने प्रशिक्षक सेटिनले दावी गरेका छन् । ‘बार्सिलोना यसपटक पनि च्याम्पियन बन्छ । रियल पनि अगाडी आएको छ । तर, हामीले राम्रो गर्न सक्नुपर्छ । बार्सिलोनामा त्यो क्षमता छ,’ सेटिनले भने ।
कोरोना भाइरसका कारण स्पेनिस ला लिगा अन्योलमा परेको छ । ला लिगाको साविक विजेता बार्सिलोना लिगको शीर्षस्थानमा छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु