शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा वडा अध्यक्षले राखेको पञ्चायतीमा झडप, २ पक्राउ

बिहीबार, ०४ वैशाख २०७७, ०९ : ४३
बिहीबार, ०४ वैशाख २०७७

रौतहट – बारा जिल्लाको बारागढी गाँउपालिका स्थित लकडाउनकै अवधिमा वडा अध्यक्षले राखेको पञ्चायतीमा दोहरो झडप भएको छ ।

जग्गा संबन्धी बिवाद मिलाउन वडा ५ का अध्यक्ष मनेजर चौधरीले बुधवार राखेको पञ्चायतीमा दोहरो झडप हुँदा स्थानीय देवनारायण साहलाई गम्भीर चोट लागेको छ ।

साहलाई उपचारका लागी तत्कालै एम्बुलेन्सबाट भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय बारागढीका प्रमुख इन्सपेक्टर नरेन्द्र कुमार मरवैताले जानकारी दिएका छन् ।

कुटपिटमा संलग्न रहेका स्थानिय बद्री पटेल र पप्पुु पटेल नियन्त्रणमा रहेको इन्सपेक्टर मरवैताले जानकारी दिएका छन् ।

लामोसमय देखी सोही वडामा दुुईपक्ष बिच जग्गाको विवाद रहेको थियो बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अगामी १५ गते सम्म लकडाउनको घोषना गरेको छ । 

लकडाउनको अवधिमा घर बाहिर न निस्कन, भीडभाड नगर्न सरकारले गरेको आव्हानविपरित निर्वाचित वडा अध्यक्ष मनेजर चौधरीले राखेको पञ्चायतीमा  दोहरो झडपभएको स्थानीय समाजसेवी तथा वडास्तरीय कोरोना भाइरस नियन्त्रण समितिका सदस्य लालबाबुु साहले जानकारी दिएका छन् ।

उता वडा अध्यक्ष मनेजर चौधरी एकपक्षले जग्गा बिवाद बारे वडा कार्यालयमा दिएको उजुरीको आधारमा पञ्चायती राखेपनी झडपको समय आफू उक्त स्थानमा नरहेको दावी गरेका छन् ।

बारा जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बारागढी गाउँपालिकामा भएको घटनाप्रति दुख ब्यक्त गर्दै जनप्रतिनिधीको गैरजिम्मेवारीको उपज रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप