एउटा लेखका कारण चीन–फ्रान्सबीच थामिएन विवाद

फ्रान्स र चीनबीच सुरु भएको कुटनीतिक विवाद रोकिने छाँटकाँट छैन । यी दुई देशबीच एउटा आलेखका कारण विवाद सुरु भएको थियो । बुधबार फ्रान्सका सिनेटरले चिनियाँ दूतावासको वेबसाइटमा अहिले पनि विवाद निम्त्याउने उक्त आलेख किन नहटाएको भन्दै प्रश्न गरेका छन् ।
उक्त लेखकै कारण फ्रान्सका विदेश मन्त्रालयले पेरिसस्थित चिनियाँ दूतावासका राजदूतविरुद्ध कानूनी कारवाहीसमेत गरेका थिए । फ्रेन्चमा लेखिएको यो लेख विभिन्न भागमा चिनियाँ दूतावासको वेबसाइटमा छापिएको छ । यसलाई चिनियाँ दूतावसाले ट्वीटसमेत गरेको छ ।
उक्त लेखमा कोरोना भाइरसको महामारीको विषयमा चीनले उठाएको कदमको तारिफ गर्दै पश्चिमी देशको आलोचना गरिएको छ । फ्रान्सले यतिबेला विवाद गर्नु समय सान्दर्भिक देखिँदैन किनभने फ्रान्सले चीनसँग ६० करोड मास्क मगाएको छ र यो अझै आउन बाँकी नै छ ।
सुरुवातमा फ्रान्स यो लेखका लागि चुप थियो तर पछि विरोध बढेपछि फ्रान्सका विदेश मन्त्रालयले चिनियाँ राजदूतमाथि कानूनी उपचार थाले ।
बुधबार फ्रान्सका थुप्रै सिनेटरले चिनियाँ दूतावासले आफ्नो वेबसाइटबाट उक्त लेख किन नहटाएको भन्दै आपत्ति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म