५ बजेपछि ‘नो लकडाउन’ ! (तस्बिरमा हेर्नुहोस्)
भक्तपुर । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लकडाउन गरेको छ । गत चैत ११ देखि जारी लकडाउन वैशाख १५ गतेसम्म देशभर कायम हुनेछ ।
सम्भावित भयावहक अवस्थालाई रोक्न जारी गरिएको लकडाउन भक्तपुरमा भने साँझपख प्रभावहीन देखिन्छ । मासिनहरु तोकिएको सामाजिक दुरी समेत कायम नगरी पसलमा सामान किन्दै गरेका भेटिन्छन् । अरनिको राजमार्गमात्र होइन भित्र सडकहरु समेत सार्वजनिक सवारी बाहेक गुडिरहेका हुँन्छन् ।
सुरक्षाकर्मीले रोक्दा यो वा त्यो वहाना बनाउने समेत धेरै छन् । काठमाडौंबाट भक्तपुर हुँदै पूर्वतर्फ पैदल जाने क्रम रोकिएको छैन । भक्तपुरमा सडक पेटी र किनारामा गरिने तरकारी बिक्री तथा बजारमा बाहिर सटर बन्द गरेर भित्र संंचालन हुने मदिरा व्यापार कोरोना संंक्रमणको उच्च जोखिम रहेको स्थानीयहरुको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशी भन्छन्, ‘मानिस घुम्ने मनशायका साथ घर बाहिर आउने गरेका छन्’ । उनी थप्छन् ‘आधा किलो काउली र एक पाउ गोलभेडा बोकेर प्रहरीको आँखा छल्ने धेरै भेटिन्छन्’ । भक्तपुरमा साँझ ५ बजेपछि ‘नो लकडाउन’ जस्तै भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा