बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्रीज्यू, यहाँको नैतिकता परीक्षामा छ !

बुधबार, ०३ वैशाख २०७७, १७ : ४७
बुधबार, ०३ वैशाख २०७७

राजधानी काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित फेला परेको घटना आफैंमा गम्भीर र चिन्ताजनक कुरा हो । त्योभन्दा पनि गम्भीर चिन्ताजनक कुरा हो– कोरोना नियन्त्रणका लागि हात धोएर लाग्नुपर्ने मन्त्रीहरु समेत सनसिटी अपार्टमेन्टमा भएको कार्यक्रममा सहभागी भएको खबर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका शक्तिशाली अर्थमन्त्री युवराज खतिवडा समेत चैत ११ गते सो सनसिटी अपार्टमेन्टमा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएको भनी बाहिर आएको समाचारले धेरै ज्वलन्त प्रश्न उठाएको छ ।

घटनाक्रम, तथ्य र प्रत्यक्षदर्शीहरुको हवाला दिँदै प्रकाशमा आएका समाचारले सनसिटी अपार्टमेन्टमा भएको वेलफेयर सोसाइटीको निर्वाचनका ‘विजयोत्सव’ मनाइएको जमघटमा अर्थमन्त्री खतिवडा सशरीर सामेल भएका थिए । उक्त विजयोत्सवमा मन्त्री खतिवडाका छोरा तिलक खतिवडा निर्वाचित भएको खुसी समेत सामेल थियो । तर सो विजयोत्सवमा अर्थमन्त्री खतिवडा सामेल हुँदै नभएको कुरालाई स्थापित गर्न अनेक उदेकलाग्दो कसरत भइरहेको छ ।

अहिलेसम्म प्रकाशमा आएका तथ्यले चिच्याईचिच्याइै भनिरहेका छन्, त्यस विजयोत्सवमा अर्थमन्त्रीको भौतिक उपस्थिति थियो । त्यसबेला उनी कम्तिमा पनि ४२ मिनेटजति त्यहाँ उपस्थित भएका थिए । तर त्यही तथ्यलाई गलत साबित गर्ने, उनी त्यहाँ जाँदै नगएको ‘नयाँ तथ्य’ स्थापित गर्ने काम हुनु आफैंमा अशोभनीय र गलत छ । वास्तवमा, अर्थमन्त्री त्यहाँ गएका थिए भनेर पुष्टि भएमा यो उनले गम्भीर अपराध गरेको ठहरिन्छ । कानूनी रुपमा त भन्न सकिन्न, तर सामाजिक रुपमा र नैतिक रुपमा यो अपराध हो ।


अहिलेसम्म प्रकाशमा आएका तथ्यले चिच्याईचिच्याइै भनिरहेका छन्, त्यस विजयोत्सवमा अर्थमन्त्रीको भौतिक उपस्थिति थियो । त्यसबेला उनी कम्तिमा पनि ४२ मिनेटजति त्यहाँ उपस्थित भएका थिए । तर त्यही तथ्यलाई गलत साबित गर्ने, उनी त्यहाँ जाँदै नगएको ‘नयाँ तथ्य’ स्थापित गर्ने काम हुनु आफैंमा अशोभनीय र गलत छ । वास्तवमा, अर्थमन्त्री त्यहाँ गएका थिए भनेर पुष्टि भएमा यो उनले गम्भीर अपराध गरेको ठहरिन्छ । कानूनी रुपमा त भन्न सकिन्न, तर सामाजिक रुपमा र नैतिक रुपमा यो अपराध हो ।


उनीबाट आफू समेत सामेल सरकारले जारी गरेको लकडाउनको बेलामा सार्वजनिक जमघट, भेला र भेटघाट गर्न नहुने निर्देशनको घोर उल्लंघन भएको छ । उनको यो कदमले ‘जो अगुवा, उही बाटो .....’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ ।

कानूनी राज र नैतिक मूल्यमान्यता स्थापित भएका लोकतान्त्रिक समाजमा यस्ता घटनालाई गम्भीर सामाजिक अपराधका रुपमा लिइन्छ र नैतिकताबोध गर्ने राज्यका पदाधिकारीहरुले यस्ता घटनामा आफूलाई जिम्मेवार ठान्दै सार्वजनिक पदबाट राजीनामा दिने प्रचलन विश्व–समाजमा पाइन्छ । धेरै टाढाको के कुरा गर्नु, केही दिनअघि मात्रै अस्ट्रेलियामा न्यू साउथ वेल्सका कलामन्त्री डन हार्विनले लकडाउनको उल्लंघन गर्दै आफ्नो छुट्टी मनाउने घरमा गएकोमा नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएको दृष्टान्त हामीसामु छ ।


हामी भन्दैनौं– अर्थमन्त्रीज्यू, राजीनामा ठोक्नुस् । राजीनामा दिने नदिने कुरा यहाँको विवेक र नैतिकतालाई छाड्दै हामी यति मात्रै भन्छौं : माननीय अर्थमन्त्रीज्यू, आमजनता तपाईंबाट नैतिक इमान्दारीको प्रतीक्षा गरिरहेका छन् ।

माननीय अर्थमन्त्रीज्यूसँग हाम्रो विनम्र अनुरोध छः यहाँ सनसिटीको कार्यक्रममा गएको भनिएको घटनाबारे सत्यतथ्य र यथार्थ के हो ? अरु माध्यमबाट पुष्टि हुनुभन्दा पहिल्यै आफैं बोल्नु बेस । के कुरा नभुलौं भने अहिलेको जमाना भनेको विज्ञान–प्रविधिको युग हो र प्रत्येक जनजनका हातमा भिडियो रेकर्ड गर्न मिल्ने मोबाइल छन् । सम्भवतः यहाँजस्तो विद्वान् महोदयलाई के कुरा भनिबस्नु जरुरी छैन भने मृत्युको शोकपूर्ण घडीमा समेत सेल्फी खिच्ने र भिडियो रेकर्ड गर्ने बानी भएको नेपाली समाजमा हर्षोल्लासको बेलामा पक्कै पनि कसै न कसैले भिडियो खिचेका पनि हुन सक्छन् । यस पृष्ठभूमिमा आमजनता फेरि पनि यहाँकै मुखबाट सुन्न चाहन्छन् : चैत्र ११ गते यहाँ सनसिटीमा गएको कुराको यथार्थ सत्य के हो ?


के कुरा नभुलौं भने अहिलेको जमाना भनेको विज्ञान–प्रविधिको युग हो र प्रत्येक जनजनका हातमा भिडियो रेकर्ड गर्न मिल्ने मोबाइल छन् । सम्भवतः यहाँजस्तो विद्वान् महोदयलाई के कुरा भनिबस्नु जरुरी छैन भने मृत्युको शोकपूर्ण घडीमा समेत सेल्फी खिच्ने र भिडियो रेकर्ड गर्ने बानी भएको नेपाली समाजमा हर्षोल्लासको बेलामा पक्कै पनि कसै न कसैले भिडियो खिचेका पनि हुन सक्छन् । यस पृष्ठभूमिमा आमजनता फेरि पनि यहाँकै मुखबाट सुन्न चाहन्छन् : चैत्र ११ गते यहाँ सनसिटीमा गएको कुराको यथार्थ सत्य के हो ?


नैतिक जिम्मेवारीको कुरालाई एकछिन कुनामा छाडेर माननीय अर्थमन्त्रीज्यूमा हाम्रो विनम्र आग्रह छ : कदाचित त्यस जमघटमा सामेल भएर यहाँले ‘आफ्नै सरकारले जारी गरेको सार्वजनिक निर्देशन’को उल्लंघन नै गरेको हो कि होइन, त्यो पछि पुष्टि हुँदै जाला, तर यतिखेर यहाँले आफू संक्रमित रहे नरहेको कुराको यकिन गर्न कोरोनाटेस्ट गर्न पछि नहट्नुहोला । आमजनतालाई नै कोरोनो संक्रमण हुन सक्ने परिस्थितिमा परीक्षणका लागि उत्प्रेरित गर्नुपर्ने पदमा आसीन यहाँजस्तो जिम्मेवार व्यक्तिले आफैं अघि सरेर नमूना प्रस्तुत गर्ने बेला पनि हो यो ।

यहाँले नभुल्नुहोला– कोरोना भाइरसले को मन्त्री, को मतदाता भनी छुट्याउँदैन, को शासक, को सर्वसाधारण भनी मोलाहिजा पनि गर्दैन । धेरै परको के कुरा गर्नु, कोरानाको अगाडि ‘मास्क नलगाउने’ हठ गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाको प्रकोपबाट बच्न नसकेको दृष्टान्त हामीसँग छ । त्यसैले यहाँलाई हाम्रो विनम्र आग्रह छ : आफ्नो लागि र कम्तिमा आफू समावेश मन्त्रिमण्डलका सदस्यहरुको स्वास्थ्य रक्षाका लागि समेत पनि एकपटक अनिवार्य रुपमा परीक्षण गराउनुहोला ।


यहाँले नभुल्नुहोला– कोरोना भाइरसले को मन्त्री, को मतदाता भनी छुट्याउँदैन, को शासक, को सर्वसाधारण भनी मोलाहिजा पनि गर्दैन । धेरै परको के कुरा गर्नु, कोरानाको अगाडि ‘मास्क नलगाउने’ हठ गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाको प्रकोपबाट बच्न नसकेको दृष्टान्त हामीसँग छ ।


मन्त्रीज्यूले नभुल्नुहोला– भेटघाट र सम्पर्क गर्दैमा कोरोना सरिहाल्ने हैन, दुर्भाग्यवश कोरोनाको संक्रमण भइहालेमा अनिष्ट भइहाल्ने पनि होइन । कोरोनाको संक्रमणले भेटाएमा मृत्युको शिकार हुनेहरु भनेका निर्धा र निमुखा हुन्, राज्यसत्ताका सुखसुविधा भोगेर बलियो ‘इम्युन सिस्टम’ भएकाहरु होइनन् । यहाँहरुले जसरी आफैले आपराधिक लापर्बाही गर्दै आमजनतालाई चाहिँ लकडाउनमा बन्दीजीवन बाँच्न उपदेश दिइरहनुभएको छ, त्यो उपदेश आफैले पहिले पालना गर्ने र जोखिममा रहेका जनताको ज्यान बचाउने थोरबहुत प्रयास गरेमा जनताले धन्य मान्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप