शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन लाइफद्वारा कोरोना कोषमा ७ लाख ५० हजार सहयोग

बुधबार, ०३ वैशाख २०७७, १५ : २१
बुधबार, ०३ वैशाख २०७७

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यालयहरुले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको कम्पनीले जनाएको छ ।

विश्वभर फैलिएको यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तर रुपमा प्रयास गरिरहेको यस समयमा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भएपनि मद्दत पुर्याउने आशा गरिएको कम्पनीले बताएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप