एयर कन्डिसनरबाट पनि फैलनसक्छ कोरोना भाइरस
‘एयर कन्डिसनरबाट आउने शक्तिशाली हावाले एक व्यक्तिको मुख वा नाकबाट निस्कने तरल पदार्थलाई अर्को व्यक्तिसम्म पु¥याउन भूमिका खेल्नसक्छ,’ गोन्जाओ शहरमा गत जनवरीको अन्त्यमा गरिएको अध्ययनले भनेको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र, गोन्जाओका लागि जियानयुन लुले गरेको अध्ययनले रेस्टुरेन्टमा टेबुलहरुबीचको दूरी बढाउनुपर्ने र संक्रमणको जोखिम कम गर्न भेन्टिलेशनको अवस्था सुधार गर्नुपर्ने सुझाव पनि दिएको छ । दक्षिणी चीनको एक रेस्टुरेन्टमा गरिएको अध्ययनले यस्तो देखाएको हो । एकै रेस्टुरेन्टमा खाना खाएका तीन परिवारका सदस्यमध्ये १० जना संक्रमितमा अध्ययन गरिएको थियो ।
यस्तो देखियो अनुसन्धानबाट
पहिलो संक्रमित २३ जनवरीमा उहानबाट गोन्जाओ आएका थिए । उनले भोलिपल्ट परिवारका तीन सदस्यसँग झ्याल बिनाको एसीयुक्त रेस्टुरेन्टमा लन्च गरे ।
उनीहरु नजिकैका टेबुलमा अन्य दुई परिवार थिए । रिपोर्टमा उल्लेख भएअनुसार झन्डै एकअर्कासँग एक मिटरको दूरीमा ।
पहिलो व्यक्तिमाथि त्यही दिन खोकी र ज्वरो देखियो, उनी अस्पताल गए । दुई हप्ताभित्र उनको परिवारका थप चार सदस्य, दोस्रो परिवारका तीन सदस्य र तेस्रो परिवारका दुई सदस्य पनि कोभीड–१९ संक्रमित भए ।
अध्ययनले पहिलो परिवारका ती प्रथम बिरामीबाटै अन्य परिवारका सदस्यलाई पनि कोरोना सरेको निष्कर्ष निकालेको छ । ‘हाम्रो अनुसन्धानअनुसार यो महामारीको मुख्य कारण मुख वा नाकबाट निस्किएको बाछिटाको फैलावट नै हो,’ रिपार्टमा उल्लेख छ, ‘हामीले यस अध्ययनबाट यो निष्कर्ष निकालेका छौं कि एयर कन्डिसनयुक्त भेन्टिलेशनले बाछिटालाई एक ठाउँबाट अर्को ठाउँमा पु¥यायो ।’
प्रथम बिरामीसँग नजिकको सम्पर्कमा आएको अनुमानसहित यही रेस्टुरेन्टको एउटै फ्लोरमा बसेका ७३ जना अन्य ग्राहकमा पनि चेकजाँच गरिएको थियो, तर उनीहरुमा संक्रमण देखिएन । उनीहरुलाई १४ दिने क्वारेन्टाइन राखिएको थियो र स्वाब परीक्षण गरिएको थियो ।
रेस्टुरेन्टमा काम गर्ने कुनै कर्मचारीमा पनि संक्रमण भेटिएन । रिपोर्टले भनेको छ, ‘हावाको प्रवाहसँगै बाछिटा फैलिएको हुनसक्छ र बिरामदेखि रेस्टुरेन्टका टाढाका कुनामा प्रवाह नपुगेकाले संक्रमण नफैलिएको हुनसक्छ । रसम्म संक्रमण फैलन लागि पर्याप्त नभएको हुनसक्छ । रेस्टुरेन्टमा भाइरसको फैलावट रोक्नका लागि हामी टेबुलबीच दूरी कायम राख्न र भेन्टिलेसनमा सुधार ल्याउन सुझाव दिन्छौं ।’
साउथ चाइना मर्निङ पोस्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
-
भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
-
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?