बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले ६ महिनासम्म २० प्रतिशत कम तलब लिने

बुधबार, ०३ वैशाख २०७७, ०९ : ००
बुधबार, ०३ वैशाख २०७७

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूलगायत आफ्ना मन्त्रीले अबको ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी छिन् ।

आर्डर्नले यस्तो निर्णय त्यस्ता व्यक्तिमाथि समर्थन जताउन लिएकी छिन् जसको जागिर गुमेको छ वा जसको तलबमा कटौती भएको छ ।

जसिन्डाको वार्षिक तलब २ लाख ८५ हजार अमेरिकी डलर हो ।

उनले नीजि क्षेत्रका ठूला अधिकारी र अन्य राजनेताको पनि तलब कम गरिने जानकारी दिएकी छिन् ।

न्यूजिल्याण्डमा कोरोनाभाइरस फैलन सुरु भएदेखि नै लकडाउन गरेर त्यसमाथि नियन्त्रण पाउने गरिएको कोसिसको संसारभरी जसिन्डाको नेतृत्वको तारिफ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप