शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका युवामा र्‍यापिड टेष्ट गर्दा कोरोना संक्रमण देखियो

मङ्गलबार, ०२ वैशाख २०७७, १९ : १०
मङ्गलबार, ०२ वैशाख २०७७

धादिङ ।  ४२ दिनअघि दक्षिण कोरियाबाट नेपाल फर्किएका धादिङका एक युवामा र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ । 

 जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिए । 

सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित अमराईका ती युवा  गत फागुन २० मा नेपाल फर्किएका थिए । नेपाल आएर उनी विभिन्न जिल्लाको भ्रमणमा खुल्न आएको जनाइएको छ । उनी युनिभर्सल पिस फाउन्डेसनमा समेत आबद्ध रहेकाले कोरियन नागरिकसँग नेपाल आएपछि पनि सम्पर्क रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ स्रोतले जनाएको छ । 

उनमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा पठाइएको छ भने थप परीक्षणका लागि स्वाब टेकु अस्पताल पठाउने तयारी भएको छ । 

उनमा कोरोना भएको नभएको आधिकारित पुष्टि भने टेकुमा पीसीआर प्रविधिबाट परीक्षण भएपछि मात्रै हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप