बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन: अब युट्यूवबाटै संगीतको कक्षा, गायक तथा संगीतकार मदन गोपालले सिकाउँछन् सारेगम

मङ्गलबार, ०२ वैशाख २०७७, १८ : ०७
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं– गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालले युट्यूवबाटै संगीत  कक्षा संचालन गरेका छन् । कोरोनाभाइरसको महामारीका कारण मुलुक लकडाउन भएसँगै घर मै बसी बसी संगीतको ज्ञान लिन चाहनेको लागि संगीत अनलाइन कक्षा संचालन गरेको गोपालले बताए ।

लामो समयदेखि संगीत प्रशिक्षकका रुपमा कार्यरत गोपालले लकडाउनका कारण संगीत विद्यालयमा कक्षा लिन जान सम्भव नहुने यो अवस्थामा संगीत सिक्न चाहने जो केहीले पनि आफ्नो अफिसियल यु्ट्यूव च्यानलबाट सिक्न सक्ने जानकारी दिए । संगीत कक्षामा शास्त्रीय, आधुनिकलगायतको अभ्यासका साथै सैद्धान्तिक ज्ञान पनि दिइने उनले बताए ।

विशेष गरेर स्कूल, कलेजका विद्यार्थी अझ संगीत कै शिक्षा लिइरहेका विद्यार्थीहरुका लागि बढी उपयोगी हुन सक्ने भएकाले आफूले युट्यूव च्यानलमार्फत कक्षा संचालन गरेको गोपालले बताए । 

लामो समयदेखि यु्ट्यूवबाट संगीत कक्षा संचालन गर्ने चाहना भएपनि लकडाउनले यो अवसर जुटाइदिएको उनी बताउँछन् । नेपालमा अनलाइनमार्फत नै संगीतको शिक्षा लिने कुनै सुविधा नभएको अवस्थामा मदन गोपालले यसको सुरुवात गरेका हुन् । योसँगै अव देश विदेशमा रहेका र ग्रामिण भेगमा रहेका संगीतप्रति रुचि हुने जो कोहीले पनि मदन गोपाललको यु्ट्यूव च्यानलबाट संगीतको ज्ञान लिन सक्नेछन् । 

त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्तानकोत्तर गोपाल रेडियो नेपालबाट पनि शास्त्रीय स्वर परीक्षा उत्तिर्ण गरेका गायक हुन् । नेपालका विभिन्न विद्यालय तथा माइती नेपाल र म्युजिक नेपालको नेपाल म्युजिक संगीत विद्यालयमा पनि प्रशिक्षकका रुपमा कार्यरत छन् । चलचित्रमा पनि संगीत दिँदै आएका गोपालका गिती एल्बमहरु म्युजिक नेपालमार्फत यसअघि नै सार्वजनिक भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप