बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहार गरी श्रीमानको हत्या गर्ने पक्राउ

मङ्गलबार, ०२ वैशाख २०७७, १७ : १६
मङ्गलबार, ०२ वैशाख २०७७

खोटाङ । आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।  खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

राईको शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ । मेनुकाले श्रीमान्को टाउको, ढाड लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मेनुकाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप