शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई भन्यो – ‘१० दिनभित्र सरकारी खाता अद्यावधिक गरेर हामीलाई खबर गर्नु’

मङ्गलबार, ०२ वैशाख २०७७, १६ : ३२
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सबै सरकारी खाता अद्यावधिक गरेर आफुलाई जानकारी गराउन वाणिज्य बैङ्कलाई निर्देशन दिएको छ । संघीय सरकार, स्थानीय तह, प्रदेश सरकारका विभिन्न खाता अद्यावधिक गरी कार्यान्वयन नगरेको भन्दै १० दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको हो । महालेखा नियन्त्रकको कार्यालयले त्यस्ता खाता अद्यावधिक भए नभएको अनुगमन गर्न केन्द्रिय बैङ्कलाई पत्राचार गरेपछि राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको हो ।

सरकारको सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुर्याउने र सरकारको सञ्चिती खाता वाणिज्य बैङ्कहरुमा खोल्ने नीति लिएको थियो । प्रदेश अन्र्तगत प्रदेश सञ्चित कोष, प्रदेश खर्च तथा कोष खाता, आकस्मिक कोष खाता, विभाज्य कोष खाता, हिसाब मिलान खाता वाणिज्य बैङ्कहरुमा छन् ।

यस्तै स्थानीय तह अन्र्तगत स्थानीय तह राजस्व खाता, स्थानीय खर्च खाता, स्थानीय तह धरौटी खाता, स्थानीय तह कोष खाता, आकस्मिक खाता लगायत खाता वाणिज्य बैङ्कमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप