शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारी र फलफूलसहित दैनिक उपभोग्य सामान ग्यापु डटकमले घरमै डेलिभरी गर्ने, सेनिटाइजर जम्मा १० मा

मङ्गलबार, ०२ वैशाख २०७७, १५ : ३८
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं– भिन्न सपिङ कम्पनीले प्याकेजीङ गरिएका दैनिक उपभोग्य सामग्री मात्र घरमा डेलिभरी गरिरहेको सन्दर्भमा ग्यापु अनलाइन सपिङ (gyapu.com)ले तरकारी र फलफूलको समेत घरैमा डेलिभरी गर्ने गरि आफ्नो सेवा सुरु गरेको छ।

ग्यापुले उपत्यकाभरी जुरसुकै ठाउँमा पनि डेलिभरी गरेको संस्थापक ज्ञानेन्द्र खड्काको दाबी छ। ग्यापुले थानकोट देखि बनेपा सम्म र बुढानिलकण्ठ देखि भैंसेपाटी सम्म सेवा दिइरहेको खड्काले बताए। 

अहिले सबै भन्दा धेरै माग इन्डक्सन चुलो, तरकारी र फलफूलको रहेको बताइएको छ। स्वास्थ्य सावधानी अपनाउँदै कर्मचारीले सेनिटाइजर र पिपिइ प्रयोग  गरि काम गर्ने खड्काले बताए।

ग्राहकले आफुलाई आवश्यक सामान ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न। सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिन्छ।

अर्डर गरेपछी २४ घन्टा भित्र घरैमा डेलिभरी गर्ने कम्पनीले बताएको छ। उपभोक्ताले हजार रुपैयाँ भन्दा बढिको सामान खरिदमा निशुल्क होम डेलिभरिको ब्यबस्था गरेको छ। कोरोनाको कारण अर्थतन्त्र ठप्प प्राय भएको अवस्थामा नाफालाई ध्यान नदिइ बजार मूल्य भन्दा सस्तोमा सामान उपलब्ध गराएको खड्काको दाबी छ।

ग्राहकले सामान खरिद गर्दा इसेवाबाट अनलाइन भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला डेबिट–क्रेडिट कार्डमार्फत पिओएस मेसिनमा स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीका बला नगद समेत दिन सक्छ्न।

ग्यापु डटकमले बजार मूल्य सय रुपैयाँ भन्दा बढी रहेको ६५ एम एलको सेनिटाइजर मात्र दस रुपैयाँमा दिने गरेको छ। सो मूल्यमा एउटा ग्राहकलाई एक वटा मात्र सेनिटाइजर खरिद गर्न सक्नेछन्। यो अफर लकडाउन अवधी भर रहने बताइएको छ।

लकडाउनको उद्देश्य समाजिक दूरी कायम राख्नु भएको हुँदा सबै घर भित्रै रहन बाध्य भएपछि पसल सम्म पुगेरै अत्यावश्यक समाग्रीको खरिद गर्नु कठीन र जोखिमपूर्ण भएको छ । यसै असुविधा र त्रासबाट बच्न काठमाडौं उपत्यकाबासीको असुविधालाई मध्यनजर गर्दै ग्यापु अनलाइन सपिङले यसै चैत्र २१ देखि सेवा सुरु गरेको खड्का बताउँछन्। 

ग्यापु डटकम नेपाली स्वामित्वको इकमर्स कम्पनी हो।जसको उद्देश्य ग्लोबल नेपाली ब्राण्को निर्माण गर्नु रहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप