सिटी एक्सप्रेस मनि ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् ।
यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने