शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना पोजेटिभ’ प्रकरण : किन उठ्यो अर्थमन्त्री युवराज खतिवडामाथि प्रश्न ?

खतिवडाका प्रेस सहयोगी भन्छन् , मन्त्रीज्यू जानु नै भएको छैन
मङ्गलबार, ०२ वैशाख २०७७, १२ : ५६
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं । सोमबार काठमाडौको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण भेटिएपछि अहिले उक्त अपार्टमेन्ट सिलबन्दी गरिएको छ । र्‍यापिड टेष्टमा पोजेटिभ आएका तीनै जनालाई सोमबारै पाटन अस्पताल भर्ना गरिएको थियो । जसमध्ये पीसीआर विधिमार्फत गरिएको परीक्षणमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

जानकारहरुका अनुसार उक्त अपार्टमेन्टमा भिआइपीहरुको समेत बसोबास छ । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक समेत सोही अपार्टमेन्टमाम बस्ने गर्छन् । 

केही दिन अघि उक्त अपार्टमेन्टमा भएको वेल फेयर सोसाइटीको चुनावमा तिलक सचिवमा निर्वाचित भएका थिए । छोरा तिलक निर्वाचित भएपछि अर्थमन्त्री खतिवडा समेत बधाई दिन अपार्टमेन्ट पुगेको सोसाइटीका पूर्वअध्यक्ष प्रविन झाले समेत सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले अपार्टमेन्टमा अर्थमन्त्री खतिवडासमेत पुगेकाले उनको समेत कोरोना परीक्षण गर्न सुझाब दिएका छन् । झाको यस्तो अभिव्यक्ति आएपछि अर्थमन्त्री युवराज खतिवडामाथि समेत प्रश्न उठेको छ । तर मन्त्री खतिवडाका प्रेस सहयोगी यमनप्रसाद पौडेलले भने मन्त्री खतिवडा उक्त अपार्टमेन्टमा जाँदै नगएको दावी गरे । 

‘उहाँको छोरा बस्ने कुरा सही हो । तर मन्त्रीज्यू अपार्टमेन्टमा जानु नै भएको छैन । उहाँ त्यसरी भोज, पार्टी लगायतमा जाने स्वभावको पनि हुनुहुन्न । मन्त्रलाय, बालुवाटार र उच्चस्तरीय समितिको बैठक भन्दा बाहिर जाने फुर्सद पनि उहाँलाई छैन’, पौडेलले भने, ‘मन्त्रालय र अन्य मिटिङमा सहभागी हुँदा समेत उहाँले डव्ल्युएचओको नियम पालना गर्नुभएको छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप